युरोपबाट आयात हुने सबै मद्यपानमा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी


प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार

President Donald Trump speaks in the Roosevelt Room of the White House in Washington, Monday, March 3, 2025. (Pool via AP)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघका देशहरूबाट आउने वाइन, स्याम्पेइन र अन्य मद्यपान उत्पादनहरूमा २०० प्रतिशत आयात कर लगाउने चेतावनी दिएका छन ।

युरोपेली संघले अमेरिकामा उत्पादन भएको व्हिस्कीमाथि कर लगाउने योजना बनाएपछि ट्रम्पले प्रतिकार स्वरुप कर लगाउने घोषणा बिहिबार गरेका हुन ।

ट्रम्पले आफनो दोस्रो कार्यकालमा प्रतिस्पर्धी र साझेदार देशहरूका विरुद्ध व्यापार युद्ध नै सुरू गरेका छन् । व्यापार र अन्य नीति मुद्दामा दबाब दिनका लागि आयात करलाई हतियारको रुपमा उनले प्रयोग गरेको देखिएको छ ।

युरोपेली संघले बुधबार अमेरिकी सामानहरूमा २८ बिलियन डलरको कर घोषणा गरेपछि अमेरिकाले पछिल्लो कदम चाल्न थालेको बताएको हो । स्टील र एल्युमिनियम आयातहरूमा अमेरिकाले कर लगाएपछि युरोपेली संघले करको घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपेली देशहरुले अमेरिकी उत्पादनमा लगाएको कर तुरुन्त हटाएनन भने अमेरिकाले छिट्टै फ्रान्स र अन्य युरोपेली संघका प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, स्याम्पेइन र मद्यपान उत्पादनहरूमा २०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पले बिहीबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा पोस्ट गर्दै चेतावनी दिएका हुन ।

ट्रम्पले युरोपेली संघलाई अमेरिकाबाट फाइदा उठाउने उद्देश्यले मात्र गठन गरिएको भन्दै आलोचना गरेका छन ।

अमेरिकी डिस्टिलर्सहरूले युरोपेली संघको अमेरिकी व्हिस्कीमाथि कर लगाउने निर्णय निराशाजनक भएको बताएका छन ।

२०१८ मा अमेरिकी व्हिस्कीको युरोपेली संघमा निर्यातमा २० प्रतिशतको गिरावट आएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com