अमेरिकामा आमाले आइसक्रिम खाइदिएको भन्दै ४ वर्षीय बालकले प्रहरीलाई बोलाएपछि…


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

अमेरिकामा एक ४ वर्षीय बालकले आफ्नी आमाले आइसक्रिम खाइदिएपछि प्रहरीलाई फोन गरेर उजुरी गरेका छन्।

यो अनौठो घटना गत मंगलबार रासिनबाट सात माइल पश्चिममा अवस्थित विस्कॉन्सिनको माउन्ट प्लेजेन्ट सहरमा भएको थियो।

बालकले प्रहरीलाई फोन गर्दै “आमाले नराम्रो गर्दैछिन्” भनेर गुनासो गरेका थिए। प्रहरीका अनुसार बालकले आफ्नो आइसक्रिम फिर्ता चाहन्थे । साथै, आमा कारबाहीमा नपरुन् भन्ने पनि उनी चाहन्थेँ ।

प्रहरीले जब घटनास्थलमा पुगेर वास्तविकता पत्ता लगाए, तब उनीहरू बालकलाई सम्झाएर फर्किए। तर, अर्को दिन तीनै प्रहरी अधिकृतहरू एउटा विशेष उपहारसहित पुनः बालकको घरमा पुगे । उनीहरूले बालकलाई नयाँ आइसक्रिम ल्याइदिए र खुसी पार्ने प्रयास गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी अधिकारीहरूले बालकसँग फोटो खिच्दै सामाजिक सञ्जालमार्फत रमाइलो क्षण साझा गरेका हुन् ।

यो रमाइलो घटनालाई लिएर सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया आएका छन्।

“उहाँ गलत हुनुहुन्छ भन्न सक्दिन, तर म उहाँलाई बुझ्न सक्छु,” भनेर एक जनाले टिप्पणी गरे।

अर्का प्रयोगकर्ताले भने, “कम्तीमा उसलाई कसरी मद्दत माग्ने भन्ने थाहा छ, एक दिन यो सिकाइले कसैको ज्यान बचाउन सक्छ !”

“हाम्रा प्रहरी अधिकारीहरू बालबालिकासँग सकारात्मक सम्बन्ध बनाइरहेको सुन्दा खुसी लाग्छ। यस्ता राम्रो समाचारहरू निरन्तर आउन दिऔँ !” भन्दै अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com