भत्केका पुल हुँदै जोखिमपूर्ण यात्रा


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

भत्केको पुल
राजमार्गमा कैयौं पुलहरु जीर्ण अवस्थामा रहेका छन्

पूर्व पश्चिम राजमार्गका भत्केका पुलहरुको मर्मत नहुँदा यातायात कष्टकर र जोखिमपूर्ण भइरहेको सवारी चालक र यात्रुहरुले बताएका छन्।

भत्केका तीनवटा पुलमा खोलाबाट शाखा बाटो खोलेर यातायात सञ्चालन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

भत्केका पुलको मर्मत तथा नयाँ पुल बनाउने काम समयमा सम्पन्न हुन नसके उक्त राजमार्ग बन्द हुने चिन्ता यातायातकर्मीहरुको छ।

करिब एक महिनाअघि आएको विनाशकारी बाढीले बाराको दुधौरा पुल भत्काइदिएपछि उक्त पुलमा यातायात सञ्चालन हुन सकेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकतर्फी

धन्सार पुलमा पनि एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्।

जीर्ण पुल

धनुषा र महोत्तरीको बिचमा पर्ने रातु पुलमा अस्थायी बेली ब्रिज हालेर सवारी साधन सञ्चालनमा ल्याइएको छ।

सर्लाही र रौतहटबिचको बागमती पुल पनि अत्यन्तै जीर्ण छ।

पूर्वपश्चिम राजमार्ग र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने जब्दिघाटपुलको आधारस्तम्भ नै भत्किएको छ।

पूर्व पश्चिम राजमार्गमा मालबाहक ट्रक चलाउने एकजना चालक दिपेश पाठकले भने, “राजमार्गका बागमती, हेटौडामा पर्ने ३ नं पुल लगायत धेरै पुल सवारी गुडदा हल्लिन्छन् । यस्तै पारा हो भने आउने वर्षामा ५/६ महिना नै गाडी चल्दैन।”

देशकै प्रमुख राजमार्गमा यस्तो कठिनाईकासाथ सवारी साधन सञ्चालन भइरहेकाले असाध्यै धेरै दुःख पाइराखिएको सर्वसाधारणको भनाइ छ।

सडक विभागका अनुसार पूर्व पश्चिम राजमार्ग तथा उक्त राजमार्गलाई अन्य राजमार्गका दुई दर्जन पुलमा गम्भीर क्षति पुगेको छ।

साना तिना भत्केका पुलहरुको संख्या अझ धेरै भएको बताइन्छ।

भत्केका पुल बनाउने तथा मर्मत गर्ने काम अहिलेसम्म शुरु नै भएको छैन।

प्राथमिकता

जीर्ण पुल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भत्केका पुलहरुको मर्मत र सवारी साधन चल्न नसक्ने पुलहरु बनाउनका लागि योजनाहरु प्राथमिकतामा रहेको जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी विष्णुप्रसाद शर्माले भने, ‘केही पुल मर्मत गर्ने काम त शुरु भइसकेको छ। तर नयाँ बनाउनका लागि टेण्डर निकाल्नुपर्ने हुन्छ।’

तर ठेक्का लागेका काम समय नसकिने र सकिएका काम पनि गुणस्तरहीन हुने उदाहरणका माझ पुल बनाउने र मर्मत गर्ने काम अब आउने वर्षाको समयअघि हुन्छ भनेर सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com