अमेरिकासँग जुनसुकै युद्ध लड्न तयार रहेको चीनको चेतावनी


प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

चीनले अमेरिकालाई जुनसुकै युद्ध लड्न तयार रहेको भन्दै चेतावनी दिएको छ । चीनबाट आयात हुने सामानमा अमेरिकाले थप शुल्क लगाएपछि चीनले अमेरिकालाई यो चेतावनीयुक्त सन्देश दिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार शुल्क बढाएपछि विश्वका २ ठूला अर्थतन्त्र व्यापार युद्ध नजिक पुगेका हुन । चीनले अमेरिकी निर्णयको प्रतिरोध गर्दै अमेरिकाका कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशत सम्म शूल्क लगाएको छ।

अमेरिकीको चाहना हो भने, चाहे त्यो शूल्क युद्ध हो, व्यापार युद्ध हो, या कुनै अन्य प्रकारको युद्ध, हामी अन्तिमसम्म लड्न तयार छौं, चीनको दूतावासले ह् प्लेटफर्ममा उल्लेख गरेको छ ।

बेइजिङमा वार्षिक राष्ट्रिय जन कांग्रेसको लागि चीनका नेताहरु जम्मा भएका बेला चीनले अमेरिकाबिरुद्ध अहिलेसम्मकै कडा बक्तव्य दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनका प्रधानमन्त्री ली कियाङले यस वर्ष पनि आफ्नो रक्षा खर्च ७.२ प्रतिशत वृद्धि गर्ने बताए । विश्वव्यापी व्यापार युद्धको धम्कीको बाबजुद पनि चीनको अर्थतन्त्र वृद्धि गर्न सक्षम रहेकोमा विश्वास दिलाउन चीनका नेताहरु लागि परेका छन ।

चीनले अघिल्लो अक्टोबरमा पनि युद्धको तयारीको लागि आफ्ना सैनिकहरूको तयारीलाई मजबुत पार्न आह्वान गरेको थियो ।

उनीहरुले त्यसबेला ताइवानको वरिपरि सैन्य अभ्यास गरेका थिए। तर सैन्य तयारी र युद्धको लागि तयारी गर्नु फरक कुरा हुन । चीनले यस वर्ष ७५ बर्ष यता कै सबैभन्दा सैन्य खर्च वृद्धि गर्ने योजना बनाएको छ ।

वाशिंगटनमा रहेको चीनको दूतावासले फेंटानाइल जस्तो नशालु औषधिको आगमनको लागि चीनलाई दोष दिने अमेरिकी रबैयाको खण्डन गरेको छ ।

‘फेंटानाइल मुद्दा अमेरिकी शूल्क वृद्धि गर्ने एक कमजोर बहाना मात्र हो,’ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन ।

अमेरिका चीन सम्बन्ध विश्वका सबैभन्दा विवादास्पद सम्बन्धहरू मध्ये एक हो । चीनले आफ्नो संकटग्रस्त अर्थतन्त्रमा अरबौं डलर लगानी गर्ने वचन दिएको छ ।

चीनको सैन्य बजेट २४५ बिलियन डलर रहेको छ । जुन विश्वको दोस्रो सबैभन्दा ठूलो हो । तर यो अमेरिकी बजेटको तुलनामा निकै सानो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com