मधेसमा मतगणना जारी, कांग्रेसको अग्रता


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

jL/u~hsf] dtu0fgf z’? jL/u~h dxfgu/kflnsf– ! l:yt 7fs’//fd ax’d’vL SofDk;df dxfgu/kflnsfsf] dtu0fgf z’? x’Fb} . tl:a/ M lahos’df/ dxtf], k;f{, /f;;

काठमाडौं, ४ असोज । स्थानीय तह तेस्रो चरणको सोमबार सम्पन्न निर्वाचको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आठ जिल्लाका १ सय ३६ तहका लागि भएको निर्वाचनमा अधिकांश तहमा प्रमुख राजनीतिक दलबीच नै मुख्य प्रतिस्पर्धा देखिए पनि प्रारम्भिक गणनामा कांग्रेसले अग्रता लिएको हो ।

मंगलबार राति १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २७ तहमा अग्रता लिएको छ । एक सय नौ स्थानको प्रारम्भिक परिणाममा संघीय समाजवादी फोरम दोस्रो स्थानमा रहेर कांग्रेसलाई पछ्याइरहेको छ । उसले २४ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २२ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले १९ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले १४ तहमा अग्रता लिएका छन् । फोरम लोकतान्त्रिक एक, स्वतन्त्र एक र जनता पार्टीले एक स्थानमा अग्रता कायम गरेका छन् ।

सप्तरीमा जारी १३ तहको गणनामा राष्ट्रिय जनता पार्टी नेपालले तिलाठी कोइलाडी, रुपनी, अग्नीसाहिर, कृष्णासवरन गाउँपालिकामा गरी तीन तहमा अग्रता लिएको छ । त्यस्तै कांग्रेस, एमाले र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई स्थानमा अग्रता लिएका छन् । कांग्रेसले बेलही चपेना गाउपालिका र खडक नगरपालिका, एमालेले सप्तकोसी र सुरुङ्गा नगरपालिका र संघीय समाजवादी फोरम नेपालले हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकामा अग्रता लिएको छ ।
बारामा १६ तहका लागि भएको स्थानीय तह निर्वाचनमा १२ तहको गणना सुरु भएको छ । जसअनुसार कांग्रेसले छ, एमाले तीन, संघीय समाजवादी फोरम नेपाल दुई र राजपाले एक स्थानमा अग्रता लिएका छन् । कांग्रेसले महागढीमाई नगरपालिकाकाका साथै फेटा, करैया, बारागढी र आदर्शकोटवाल गाउँपालिकामा अग्रता कायम गरेको छ । त्यस्तै एमालेले जितपुर सिमरा उपमहानगरपालिका, पर्वानीपुर र प्रसौनी गाउँपालिकामा अग्रता लिएको छ । संघीय समाजवादी फोरम कलैया उपमहानगरपालिका र सिम्रौनगढ नगरपालिकामा अघि छ भने राजपाले पचौरता नगरपालिकामा अग्रता लिएको छ ।

धनुषाका १८ तहको जारी मतगणनामा संघीय समाजवादी फोरम नेपाल सबैभन्दा धेरै पाँच स्थानमा अघि छ । त्यस्तै एमाले र माओवादीले चार÷चार स्थानमा अग्रता कायम गरेका छन् भने कांग्रेस तीन र राजपा दुई तहमा अघि छन् । फोरम नेपालले कमला, क्षिरेश्वरनाथ, हंशपुर नगरपालिका, लक्ष्मिनिया र जनकनन्दिनी गाउँपालिकामा अग्रता लिएको छ । त्यस्तै माओवादी सबैला, शहिदनगर, विदेह र गणेशमान चारनाथ नगरपालिकामा अघि छ भने एमालेले मिथिला, मिथिलाविहारी, नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अघि छ । कांग्रेस बटेश्वर र औरही गाउँपालिकाका साथै धनुषाधाम नगरपालिकामा अगाडी रहेको छ भने राजपा जनकपुर उपमहानगरपालिका र धनौजीमा अघि छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रौतहटका १८ तहमध्ये १७ तहमा जारी मतगणनामा कांग्रेस र माओवादी छ÷छ, फोरम तीन र एमाले दुई तहमा अघि छन् । कांग्रेसले चन्द्रपुर, परोहा, इस्नाथ, गढीमाई, फतुवा विजयपुर र राजदेवी नगरपालिकामा अग्रता कायम गरेको छ । एमाले गौर र गरुडा नगरपालिमा अघि छ भने माओवादीले गुजरा, बृन्दावन, राजपुर, दुर्गाभगवती, कटहरी नगरपालिका र यमुनामाई गाउँपालिका अग्रता कायम गरेको छ । फोरम नेपाल बौधीमाई, माधवनारायण र देवाही गोनाही नगरपालिकामा अघि छ।

सर्लाहीका २० तहमध्ये कांग्रेस र राजपा पाँच÷पाँच, एमाले चार र फोरम नेपाल तथा माओवादी केन्द्रले तीन÷तीनमा अग्रता लिएका छन् । कांग्रेस मलंगवा, बलरा, हरिपूर्वा नगरपालिकाका साथै धनकौल र कौडेना गाउँपालिकामा अघि छ भने राजपा गोडैता नगरपालिका साथै ब्रह्मपुरी, चन्द्रनहर, विष्णु, दशबरिया गाउँपालिकामा अघि छ । त्यस्तै एमालेले हरिवन, लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकामा अग्रता कायम गरेको छ । फोरम नेपाल बरहथवा र कविलासी नगरपालिकाका साथै पर्सा गाउँपालिकामा अघि छ भने माओवादीले वागमती नगरपालिकाका साथै चक्रघट्टा र रामनगर गाउँपालिकामा अग्रता कायम गरेको छ ।

सिरहामा रहेका १७ स्थानीय तहमध्ये ८ नगरपालिका छन् । तिनमा सिरहा नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता छ । लहान नगरपालिकामा नेकपा एमाले र गोलबजार नगरपालिकामा माओवादी केन्द्रको अग्रता छ । मिर्चैया नगरपालिकामा माओवादी केन्द्रको, धनगडीमाई नगरपालिकामा कांग्रेसको, कर्जन्हा नगरपालिकामा माओवादीको, कल्याणपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता छ । त्यस्तै भगवानपुर गाउँपालिकामा संघीय समाजवादी फोरम र लक्ष्मीपुरपतारीमा संघीय समाजवादी फोरमले अग्रता लिएका छन् । नरहा नवराजपुर गाउपालिकामा नेकपा एमालेको अग्रता छ । औरही गाउँपालिकामा संघीय समाजवादी फोरमको अग्रता छ ।

पर्सामा रहेका १४ स्थानीय तहमध्ये राजपा वीरगञ्ज महानगरपालिकासहित बहुदरमाई नगरपालिका, फोरम नेपाल पोखरीया नगरपालिका र जगरनाथपुर गाउँपालिका, एमाले पर्सागढी, विन्दवासिनी, जिराभवानीपुर र पटेर्वासुगौलीमा अगाडि छन् । त्यस्तै कांंग्रेसले धोविनी, जनता दलले कालीमाई र माओवादीले ठोरीमा अग्रता कायम गरेका छन् ।

महोत्तरीका १५ स्थानीय तहमा फोरम लोकतान्त्रिक जलेश्वरमा अघि छ भने कांग्रेसले बर्दिवास, रामगोपालपुर र लोहारपट्टीमा अग्रता लिएको छ । माओवादीले बलवा र भंगाहा, फोरम नेपालले गौशाला र राजपाले मनरा शिसवामा अगूता लिएको छ भने पिपरामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com