‘वाध्य पारिए अमेरिकाले उत्तर कोरियालाई नष्ट गर्ने’


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो पहिलो सम्बोधन गर्दै उत्तर कोरिया पूरै विश्वको निम्ति खतरा बनेको बताएका छन्।

उत्तर कोरियालाई परमाणु अस्त्र बनाउन दिनु कसैको स्वार्थमा नरहेको भन्दै प्योंगयांगले परमाणु निरस्त्रीकरण गर्नु पर्ने बारे बुझ्ने बेला आएको बताए।

उनले प्योंगयांगले खतरा उब्जाइरहे अमेरिकाका सामु उत्तर कोरियाको पूर्ण विनाश गर्नु बाहेक अन्य विकल्प नहुने भने।

“अमेरिकासंग धेरै बल र संयम छ तर यदी प्रतिरक्षा गर्न वाध्य पारिए हामी सामु उत्तर कोरियाको विनाश गर्न बाहेक विकल्प हुनेछैन,” ट्रम्पले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानको आलोचना

ट्रम्पले इरानले उब्जाएको खतराबारे पनि बोलेका छन्।

इरानको नेतृत्व मध्ये पूर्वलाई अस्थिर बनाउन उद्दयत ज्यानमारा सत्ताको हातमा रहेको उनले बताए। तेहरानलाई आतंकवादलाई समर्थन गर्न छाड्न उनले आह्वान गरे।

इरानसंगको परमाणु सम्झौतालाई उनले लाजमर्दो भन्दै पुन: आलोचना गरे।

यसअघि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियालाई तह लगाउन दक्षिण कोरियाको राजधानी सोललाई जोखिममा नपार्ने किसिमको सैन्य विकल्पपनि आफूसंग रहेको बताएका छन्।

तर उनले ती विकल्पहरु के हुन् भनेर खुलाएका छैनन्।

चीनले धम्की र बयानबाजीले कोरियाली प्रायद्वीपमा उत्पन्न तनाव समाधान नगर्ने बताएको छ।

उत्तर कोरियामा दुई कोरियाबीचको सिमानामा रहेको सैन्य सीमांकन रेखाबाट मात्र ५६ किलोमिटर पर रहेको सोलतर्फ फर्काएर तोप राखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com