‘प्रतिबन्धले उत्तर कोरियालाई रोक्न सक्दैन’


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

उत्तर कोरियाले थप प्रतिबन्ध र दबाबले आफ्ना पारमाणविक कार्यक्रमलाई अझ अघि बढाउन सघाउ मात्रै पुर्‍याउने चेतावनी दिएको छ।

कडा शब्दमा लेखिएको एउटा विज्ञप्तिमा प्योङयाङले हालै संयुक्त राष्ट्रसंघले लगाएका प्रतिबन्धहरुलाई ‘अति क्रुर, अनैतिक र शत्रुताको अमानवीय क्रियाकलाप’ भनेको छ ।

यसैबीच अमेरिकी र चिनियाँ राष्ट्रपतिहरुले राष्ट्रसंघीय प्रतिबद्धताको कडा कार्यान्वयनमार्फत उत्तर कोरियामाथि दबाब बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

के किम जङ-उनको हत्या गर्न खोजिएको हो?

क्षेप्यास्त्र क्षमता

पछिल्लो पटक उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी गत गत शुक्रवार क्षेप्यास्त्र प्रहार गरेको थियो।

उक्त क्षेप्यास्त्र ३ हजार ७ सय किलोमिटरको दूरी तय गरेको थियो।

बम

उक्त दूरीको क्षेप्यास्त्रले प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआम टापुसम्म मार हान्नसक्छ।

गत अगष्ट महिनामा उत्तर कोरियाले गुआम टापुमा आक्रमण गर्ने योजना सार्वजनिक गरेको थियो।

उक्साहटपूर्ण कार्य

राष्ट्रसंघले शुक्रबारको क्षेप्यास्त्र प्रहारपछि उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो।

राष्ट्रसंघको सुरक्षा परिषद्ले क्षेप्यास्त्र प्रहारलाई ‘उक्साहटपूर्ण कार्य’ भन्दै सर्वसम्मतिले भत्सर्ना गरेको थियो।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनले प्रसारण गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “कोरिया जनवादी लोकतान्त्रिक गणराज्यमाथि प्रतिबन्धहरु लगाउने र दबाब दिने संयुक्त राष्ट्रसंघ र उसका सैन्य साझेदार फौजहरुको बढ्दो कदमले पूर्ण पारमाणिक शक्ति प्राप्ति गर्ने हाम्रो गतिलाई बढाउनेछ।”

सो विज्ञप्तिमा ११ सेप्टेम्बरमा अनुमोदन गरिएका संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरुको उद्देश्य उत्तर कोरियाको जनता, प्रणाली र सरकारलाई ‘भौतिक रुपमा सिध्याइदिने’ खालको भएको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com