नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक २३ बिलियन अमेरिकी डलर आवश्यक


प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयनमा लागि वार्षिक करिब २३ बिलियन अमेरिकी डलर परिचालन गर्नुपर्ने बताएका छन् ।

थाइल्यान्डको बैंककमा जारी एसिया प्रशान्त क्षेत्रीय दिगो विकास मञ्चको दोस्रो दिन “स्वैच्छिक राष्ट्रिय समीक्षामार्फत दिगो विकास एजेन्डाको द्रुत कार्यान्वयन“ विषयक छलफलमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो अवसरमा उपाध्यक्ष प्रा.डा. अधिकारीले दिगो विकास लक्ष्यको कार्यान्वयनमा स्वेच्छिक राष्ट्रिय समीक्षाको भूमिकाको सम्बन्धमा नेपालको अनुभव आदानप्रदान गरेका थिए ।

उनले नेपालमा दिगो विकास लक्ष्यमा नेपालले प्राप्त गरेको प्रगतिबारे  प्रकाश पारे । उनले दिगो विकासका लक्ष्यहरूमा प्रगति हासिल गर्न नेपालमा निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज लगायतले खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

नेपालले सन् २०२४ को जुलाईमा संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्को आयोजना भएको उच्च स्तरीय राजनीतिक मञ्चमा तेस्रो स्वेच्छिक समीक्षा प्रस्तुत गरेको थियो । समीक्षाका अनुसार २०२२ सम्ममा नेपालले दिगो विकास लक्ष्यमा करिब ४१ प्रतिशत प्रगति हासिल गरेको छ भने सन् २०३० सम्ममा करिब ६० प्रतिशत प्रगति हासिल गर्ने अनुमान गरिएको छ । यसअघि सन् २०१७ र सन् २०२० मा नेपालले स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com