एपीएफएसडी बैठकमा नेपाल – ‘वित्तीय तथा प्राविधिक सहयोग बढाउन अपिल’


प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

नेपालले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्त गर्न नवप्रवर्तनशील, समावेशी, वैज्ञानिक र प्रमाण–आधारित समाधानहरू आवश्यक रहेको जनाएको छ । थाइल्यान्डको बैंककमा मंगलबारदेखि सुरु भएको एसिया–प्रशान्त दिगो विकास मञ्च (एपीएफएसडी)को १२ औँ वार्षिक बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले नेपालको तर्फबाट आफ्नो धारणा राखेका हुन् । उनले मञ्चमा देशको प्रगति, चुनौतीहरू र आगामी रणनीतिहरूबारे जानकारी गराएका छन् ।

उनले नेपालले सन् २०२२ सम्म ४१.७ प्रतिशत एसडीजी प्रगति हासिल गरिसकेको उल्लेख गर्दै गरिबी निवारण, स्वास्थ्य, शिक्षा तथा वातावरणीय स्थायित्वमा सकारात्मक उपलब्धि हासिल गरेको बताए । यद्यपि, सम्मान जनक रोजगारी, दिगो आर्थिक वृद्धि, उत्तरदायी उत्पादन तथा उपभोगका क्षेत्रमा प्रगति अपेक्षाकृत भन्दा सुस्त रहेको उनले जनाए ।

नेपालले जलवायु परिवर्तन, आपूर्ति शृङ्खला अवरोध, बारम्बारको सरकार परिवर्तन, सङ्घीय प्रणालीमा रूपान्तरण लगायतका बहु आयामिक चुनौतीहरूको सामना गरिरहेको छ । साथै, नेपालले आफ्नो १६औँ योजना मार्फत सुशासन, सामाजिक न्याय, तथा समृद्धिलाई प्रमुख प्राथमिकता दिएको अधिकारीले जानकारी गराए । उनले रोजगार प्रवर्द्धन, खाद्य प्रणाली सुधार, स्वास्थ्य तथा शिक्षाको रूपान्तरण, लैङ्गिक समानता, डिजिटल विकास तथा जलवायु कार्यलाई विशेष जोड दिइएको समेत जिकिर गरेका छन् ।

“नेपालले जलवायु परिवर्तन, आपूर्ति शृङ्खला अवरोध, बारम्बारको सरकार परिवर्तन, सङ्घीय प्रणालीमा रूपान्तरण लगायतका बहु आयामिक चुनौतीहरूको सामना गरिरहेको छ ।”, अधिकारीले भने, “नेपालले आफ्नो १६औँ योजना मार्फत सुशासन, सामाजिक न्याय, तथा समृद्धिलाई प्रमुख प्राथमिकता दिएको छ । रोजगार प्रवर्द्धन, खाद्य प्रणाली सुधार, स्वास्थ्य तथा शिक्षाको रूपान्तरण, लैङ्गिक समानता, डिजिटल विकास तथा जलवायु कार्यलाई विशेष जोड दिइएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले एसडीजी लक्ष्यहरू प्राप्त गर्न अन्तर्राष्ट्रिय समुदायलाई वित्तीय तथा प्राविधिक सहयोग बढाउन आह्वान गरेको छ । उनले भविष्यका लागि सम्झौता र एसडीजी शिखर सम्मेलनको राजनीतिक घोषणापत्र अनुरूप विकासोन्मुख देशहरूलाई थप वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए ।

नेपालले दिगो, समावेशी तथा वैज्ञानिक नीति अवलम्बन गर्दै कोही पनि पछाडि नपरोस् भन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तस्बिर : दीपेन्द्र ढुङ्गाना 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com