युक्रेनमा शान्ति स्थापना हुनेभए राजीनामा दिन तयार रहेको जेलेन्स्कीको भनाई


प्रकाशित मिति : फाल्गुन ११, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एकपटक भेट गर्ने चाहना युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन ।

उनले ट्रम्प–पुटिनबीच हुने शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना व्यक्त गरेको देखिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकाको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन ।

युक्रेनी सुरक्षा चिन्ताहरूमा सम्झौता गर्न हामीले यसका बारेमा भेट्न र कुरा गर्न आवश्यक छ जेलेन्स्कीले भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजधानी किभमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले युक्रेनमा शान्ती स्थापना हुन्छ भने आफुले पद छोड्न तयार रहेको समेत बताए ।

उनले युक्रेनले नेटोको सदस्यता प्राप्त गर्ने र युक्रेनमा शान्ति बहालीको प्रतिबद्धता अमेरिकाले गर्दछ भने राजीनामा दिन तयार रहेको बताए ।

युक्रेनको दिर्घकालिन शान्तिका लागि अमेरिकाको साथ र सहयोग अनिवार्य रहेको उनले पत्रकार सम्मेलनमा बताए ।

आफनो देशको खनिज सम्पदामा अमेरिकालाई पहुँच दिन अस्वीकार गरेका जेलेन्स्कीले पत्रकार सम्मेलनमा अमेरिकी पहुँचका लागि तयार रहेको समेत बताए ।

पछिल्ला दिनमा जेलेन्स्की र ट्रम्पकाबीचमा सम्वन्ध चिसिएको देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com