दश हजार हेक्टर वन क्षेत्र अतिक्रमण


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

जितपुर (कपिलवस्तु)

विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । जिल्लाको कूल ६२ हजार २११ हेक्टर वनमध्ये १० हजार ६४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जनाएको हो ।

वन कार्यलयका उपसचिव कृष्णराज न्यौपानेकाअनुसार उत्तरी क्षेत्रका दुबिया, वाणगंगा, महेन्द्रकोट, बूढी, जयनगर, वरकलपुर, भलवाड, धनकौली, पटनालगायतका स्थानमा अस्पताल, विद्यालय, विभिन्न संघसंस्था र व्यक्तिले वन अतिक्रमण गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै तिलौराकोट, निग्लिहवा र शिवपुरलगायतका क्षेत्रमा पनि वन अतिक्रमण भएको वन कार्यलयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिकाको पटना क्षेत्रमा करिब तीन हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको उपसचिव न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लामा आव ०४७÷४८ मा सात हजार ७०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकामा त्यसयता झण्डै थप चार हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । कार्यालयले पछिल्लो पाँच वर्षको अवधिमा ७१५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएर वृक्षरोपण गरेको जनाएको छ । वन क्षेत्रमा अतिक्रमण बढेपछि रोक्ने प्रयास गरिए पनि पुरानो बस्ती, वैकल्पिक स्थान अभाव र राजनीतिक हस्तक्षेपले अवरोध भएको बताइएको छ ।

वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण ऐन २०६८ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको र कतिपयलाई कारबाहीसमेत गरिएको कार्यालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com