प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक


प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार

गायक तथा सङ्गीतकार प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक भएको छ । नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका सेन्चुरीको यो गीतले प्रेम र भावनाको गहिरो स्पर्श गरेको छ। उक्त गीतमा प्रेम सेन्चुरी र सञ्चिता बरालको स्वर रहेको छ।

डीपी खनालले शब्द रहेको उक्त गीतमा राजु सिंहले सङ्गीत भरेका छन् भने विमल बुढाथोकीले सङ्गीत संयोजन गरेका छन्। ‘माया सारिदेऊ’को भिडियोले प्रेमका विभिन्न पक्षलाई मन छुने गरी प्रस्तुत गरेको छ।

भिडियोमा विक्की पुलामी र अस्मिता जुरेली मुख्य भूमिकामा छन्। समुद्री किनारको सुन्दर दृश्य, अस्ताउँदो सूर्यको सौन्दर्य र प्रेमी-प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई भिडियोमा आकर्षक रूपमा चित्रण गरिएको छ।

गोविन्द राईले निर्देशन र कोरियोग्राफी गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। प्रेम सेन्चुरीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो ५ मिनेट ३२ सेकेन्डको छ। गीतको अडियो अमेजन म्युजिक, आइट्यून्स स्टोर, एप्पल म्युजिक, स्पोटिफाईलगायत अन्य डिजिटल माध्यममा पनि उपलब्ध छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रेम सेन्चुरीको साङ्गीतिक यात्रा

प्रेम सेन्चुरी नेपाली सङ्गीत उद्योगका अनुभवी गायक हुन्। आफ्नो साङ्गीतिक यात्रामा उनले थुप्रै उत्कृष्ट गीत दिएका छन्, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्‍याएको छ। उनका गीतहरूमा मौलिकता, भावना र गहिरो सङ्गीत संयोजन पाइन्छ ।

उनको पछिल्लो गीत ‘माया सारिदेऊ’ले प्रेमका विभिन्न आयामलाई उजागर गरेको छ। गीतमा समर्पण, चाहना र संवेदनशीलतालाई सुन्दर शब्द र सङ्गीतको माध्यमबाट प्रस्तुत गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com