अमेरिकामा श्रम ऐन उल्लंघनको मुद्दामा डिल्ली अधिकारी र उनको कम्पनीलाई १५ मिलियन डलर जरिवाना


प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

अमेरिकामा श्रम ऐन उल्लंघनको मुद्दामा दोषी ठहर गर्दै नेपाली भाषी भूटानी व्यवसायी डिल्ली अधिकारी र उनको कम्पनीलाई ओहायोको अदालतले झण्डै १५ मिलियन डलर जरिवाना तिराउने फैसला गरेकोमा उक्त रकम थप नहुने भएको छ । अधिकारी र उनको कम्पनीले अब झण्डै १५ मिलियन डलर जरिवाना तिरे पुग्ने भएको छ ।

अदालतको आदेशपछि अधिकारीको कम्पनीले २०२४ को अप्रिलपछि पनि श्रम ऐन उल्लंघन गरे नगरेकोबारे डिपार्टमेन्ट अफ लेबरले छानविन गरेको थियो । तर उक्त छानविनमा डिल्ली अधिकारी र उनको कम्पनी अमेरिकेयर हेल्थकेयर सर्भिसले सन् २०२४ को अप्रिलपछि भने फेयर लेबर स्टाण्डर्ड एक्टको उल्लंघन नगरेको पाइएपछि जरिवाना रकम नबढ्ने भएको हो ।

फेब्रुअरी १४ मा डिपार्टमेन्ट अफ लेबरले अदालतमा पेश गरेको सूचना

फेब्रुअरी १४ शुक्रबार डिपार्टमेन्ट अफ लेबरले यसबारे अदालतमा फाइलिङ गर्दै भनेको छ – “प्रतिवादीहरूको अद्यावधिक पेरोल रेकर्डहरू समीक्षा गर्दा अप्रिल २०२५ पछि फेयर लेबर स्टाण्डर्ड एक्टको निरन्तर उल्लङ्घन गरेको फेला पारेको छैन। त्यसैले उपलब्ध गराइएका अभिलेखहरूमा आधारित रहँदा अदालतले पहिले फैसला गरेको १४ मिलियन ९ सय ५७ हजार ६४१ डलर ५८ सेन्टका अतिरिक्त कुनै थप ज्याला वा लिक्विडेटेड क्षतिहरू बाँकी रहेको देखिँदैन ।”

डिपार्टमेन्ट अफ लेबरका कार्यवाहक सेक्रेटरी भिन्सेन्ट एन माइकोन तृतीयले यसबारे आफ्ना वकिलमार्फत अदालतमा जानकारी दिएका हुन् । अदालतले जनवरी ९ मा अधिकारी र उनको कम्पनीलाई अक्टोबर २०१९ देखि २०२४ को अप्रिलसम्म कामदारलाई नतिरेको उचित रकममा लागि जरिवानाको फैसला गर्दै सन् २०२४ को अप्रिलपछिको पेरोल रेकर्ड १४ दिनभित्र डिपार्टमेन्ट अफ लेबरसमक्ष पेश गर्न अधिकारी र उनको कम्पनीलाई आदेश दिएको थियो । उक्त रेकर्ड प्राप्त भएको १४ दिनभित्र अप्रिल २०२४ पछि श्रम ऐन उल्लंघन भए नभएको तथा भएको भए त्यवापतको क्षतिको रकमसहित अदालतमा सूचना पेश गर्न अदालतले डिपार्टमेन्ट अफ लेबरलाई पनि आदेश दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आदेशको पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नुहोला ।

त्यसपछि अधिकारी र उनको कम्पनीले डिपार्टमेन्ट अफ लेबर समक्ष पेश गरेको सन् २०२४ पछिको पेरोल रेकर्ड डिपार्टमेन्ट अफ लेबरले हेर्दा उक्त मितिपछि भने श्रम ऐनको उल्लंघन नभएको पाएको हो । जसका कारण अब अधिकारी र उनको कम्पनीले कामदारलाई नतिरेको ७ मिलियन ४७८ हजार ८२० डलर ७९ सेन्टस र श्रम ऐनको उल्लंघन गरेकोमा त्यती नै रकम जरिवाना गरी १४ मिलियन ९ सय ५७ हजार ६४१ डलर ५८ सेन्टमात्र तिरे पुग्ने भएको छ ।

अधिकारीको कम्पनीले कर्मचारीहरूलाई उचित पेमेन्ट नदिएको आरोपमा अमेरिकाको डिपार्टमेन्ट अफ लेबरले अक्टोबर २०२१ मा मुद्दा दायर गरेको थियो। अनुसन्धानका क्रममा २०१८ मा पेन्सिल्भेनियामा रहेको अधिकारीको अर्को कम्पनीको तलब भुक्तानी प्रणाली जाँच गर्दा यो मुद्दा उठान भएपछि डिपार्टमेन्ट अफ लेबरले अधिकारीको अमेरिकेयर हेल्थकेयर सर्भिसमाथि छानविन सुरु गरेको थियो ।

अधिकारी अमेरिकामा मेरो डान्स यूनिभर्स र मेरो भोइस यूनिभर्सका सञ्चालक समेत हुन्। उनी इन्ट्रा फाउन्डेसन मार्फत विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय छन्। उनका यी प्लेटफर्महरू नेपाली तथा भूटानी प्रतिभाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com