राष्ट्रसंघमा सुधार गर्न ट्रम्पको आह्वान


प्रकाशित मिति : आश्विन ३, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा उनको पहिलो सम्बोधन गर्दै राष्ट्रसंघले बजेट वृद्धि भएपनि उसको सामर्थ्यजति काम गर्न नसकेको बताएका छन्।
राष्ट्रसंघको कर्मचारीतन्त्र र अव्यवस्थाका कारण उसले आफ्नो सामर्थ्य अनुसारको काम गर्न नसकिरहेको उनले बताए।

राष्ट्रसंघको पूर्ण सुधारको वकालत गर्दै उनले व्यवस्थापनका हरेक स्तरलाई जवाफदेही बनाउनुपर्ने बताए।

कुनै पनि देशले एकदमै धेरै खर्चको अनुपात बेहोर्नु नहुने भन्दै उनले राष्ट्रसंघको बजेट कटौती गर्ने अमेरिकी चेतावनीतर्फ संकेत गरे।

तर उनले महासचिव एन्टोनियो गुटेरसले यी समस्या सम्बोधन गर्ने प्रयास गरिरहेको उल्लेख गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि राष्ट्रसंघका अधिकारीहरुले ट्रम्पलाई विशेषगरि शरणार्थी निकायजस्ता मिसनहरुको खर्च कटौती नगर्न आह्वान गरेका छन्।

न्यूयोर्कबाट सम्वाददाता नीक ब्र्यान्ट भन्छन्, “विगतमा ट्रम्पले राष्ट्रसंघको चर्को आलोचना गरेका छन्। निर्वाचित भएको केही सातापछि बोल्दै ट्रम्पले राष्ट्रसंघलाई केवल एउटा क्लबको रुपमा वर्णन गरे जहाँ मानिसहरु भेटघाट गर्छन्, छलफल गर्छन् र रमाइलो गर्छन्। अमेरिकालाई पहिलो प्राथमिकता दिने उनको नीति राष्ट्रसंघको बहुपक्षीय नीतिसंग मेल खाँदैन।”

फ्रान्स तथा रुसले अमेरिकी योजनालाई खासै रुचाएका छैनन्।

ट्रम्प प्रशासन राष्ट्रसंघको सुधारभन्दा पनि खर्च कटौतीमा केन्द्रित भएको उनीहरु ठान्छन्।

सोमबार न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सम्बोधन गर्नु अगाडी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले वाशिंगटनले राष्ट्रसंघलाई दिने बजेट कटौती गरे त्यसले समाधान गर्न नसकिने समस्या निम्तिने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनको कटौती गर्ने निर्णयकै कारण राष्ट्रसंघले शान्तिस्थापनाको मिसनसम्बन्धी उसको ७.८ अर्ब डलरको बजेटलाई आधा अर्ब डलरले घटाइसकेको छ।

अमेरिकाले विश्वभर शान्तिस्थापनाका कार्यमा ऊ एक्लैले २८.५ प्रतिशत बजेट बेहोर्नुपरिरहेको भनेर गुनासो गरेको छ।

अमेरिका राष्ट्रसंघको सबभन्दा ठूलो दाता हो।

वाशिंगटनले राष्ट्रसंघको धेरै खर्च बेहोर्छ भन्दै ट्रम्पले विगतमा गुनासो गर्ने गरेका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com