३ महिनामा १८ सय ४१ नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा, आउनेबित्तिकै ग्रिनकार्ड


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

चालु आर्थिक बर्षको ३ महिनामा १८ सय ४१ नेपालीले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । चालु आर्थिक बर्ष २०२५ को ३ महिनामा उनीहरुले परिवारमा आधारित, रोजगारमा आधारित र डाइभर्सिटी श्रेणीमा ती भिसाहरु प्राप्त गरेका हुन् ।

अक्टोबरमा कुल ६६९, नोभेम्बरमा कुल ४७६ र डिसेम्बरमा ६९६ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । आप्रवासी भिसा प्राप्त गरेकाहरुले अमेरिका आउने बित्तिकै ग्रिनकार्ड प्राप्त गर्छन् । सामान्यतया उनीहरु अमेरिका प्रवेश गरेको एकमहिनामा उनीहरुले दिएको ठेगानामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन् भने डीएस २६० भर्दा सोसल सेक्युरिटी नम्बरका लागि स्वीकृति दिएको भएमा सोसल सेक्युरिटी नम्बर पनि स्वत प्राप्त गर्छन् ।

अहिले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानले अमेरिकी दूतावासमा भिसा पाउनका लागि ३ वर्षभन्दा बढीको प्रतिक्षा गरिरहेका छन्। अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई भिसा वा ग्रिनकार्ड प्राप्त गर्नको लागि अहिले १७ वर्ष ६ महिना प्रतिक्षा गर्नु परेको छ ।

अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानलाई ९ वर्ष ४ महिना प्रतिक्षा गर्नु परेको छ भने ग्रिनकार्ड वाहकका अविवाहित वयस्क सन्तानलाई ८ वर्ष ९ महिना प्रतिक्षा गर्नु परेको छ। अमेरिकी नागरिकका विवाहित सन्तानलाई १४ वर्ष ७ महिना प्रतिक्षा गर्नु परेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२५ को तीन महिनामा आप्रवासी भिसा पाउनेहरुमध्ये २१७ जनाले डाइभर्सिटी भिसा पाएका छन् । अक्टोबरमा १४ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएकोमा नोभेम्बरमा भने ६ जनामात्र नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको थियो । तर डिसेम्बरमा भने डाइभर्सिटी भिसा पाउने नेपालीको संख्यामा उल्लेख्य बृद्धि भई १९७ पुगेको थियो ।

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिन अनुशार अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनाहरूमा, २,९५० सम्मको केस नम्बर हुने नेपालीहरू डाइभर्सिटी भिसा प्रक्रियाका लागि योग्य थिए। जनवरी र फेब्रुअरीमा ३,५०० सम्म केस नम्बर हुनेहरु योग्य रहेकोमा मार्चका लागि ४५ सय बनाइएको छ भने अप्रिलका लागि ५९५० बनाइएको छ ।

अक्टोबर १ देखि सुरु भएको चालु आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् ।

२०२४ का ३८३६ विजेतामध्ये ३४३१ जना नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेका थिए भने बाँकीका लागि २०२४ को डिभीमार्फत अमेरिकी सपना समाप्त भएको थियो । भिसा पाउने ३४३१ जना प्राथमिक विजेताहरु र उनीहरुका परिवारका सदस्यसमेत थिए ।

सन् १९९५ देखि ५७ हजार भन्दा बढी नेपालीहरूले डिभी चिठ्ठा मार्फत ग्रीन कार्ड प्राप्त गरेका छन्, जुन अमेरिकामा रहेका सबै नेपाली ग्रीनकार्ड प्राप्तकर्ताहरूको २५ प्रतिशत भन्दा बढी हो । नेपालीहरूलाई विश्वभर डिभी लोटरीबाट ग्रीन कार्ड प्राप्त गर्नेहरूमध्ये शीर्ष स्थानमा रहेका छन् ।

आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

२०२३ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com