खड्काको मुद्दा अब अख्तियारले अघि बढाउँछ: मन्त्री


प्रकाशित मिति : आश्विन २, २०७४ सोमबार

केही समय यता आयल निगमले जग्गा खरीद गर्दा भएका भनिएका करोडौं रुपियाँका अनियमितताका निम्ति आरोपित कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सोमबार मन्त्रिपरिषदले पदबाट बर्खास्त गरिदिएको छ।

“जग्गा खरीदमा भएका अनियमितताबारे सर्वत्र उठेका विषय, विभिन्न समितिहरुको प्रतिवेदन र मन्त्रालयको आफ्नै छानबिनबाट पनि गलत तरीकाबाट जग्गा खरीद गरिएको भनी देखिएको ठहरका आधारमा मन्त्रालयको ठाडो प्रस्तावमा उनलाई पदबाट हटाइएको छ,” आपूर्तिमन्त्री शिवकुमार मण्डलले बीबीसीलाई बताए।

उनका अनुसार जग्गा खरीदकै विषयमा खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा रहेकाले अब बाँकी प्रक्रिया सोही मुद्दा बमोजिम अगाडी बढ्न सक्छ।

“मन्त्रिपरिषदले उनलाई पदमुक्त गरेको छ। उनी विरुद्ध अख्तियारमा मुद्दा जीवितै छ। यसको टुंगो लाग्न केही समय लाग्ला,” मन्त्री मण्डलले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘म सहन्छु’

मन्त्रिपरिषदले बर्खास्त गरेको प्रति तीव्र असन्तुष्टी पोख्दै खड्काले आफू दोषी नभएको बताए।

बीबीसीसंग कुरा गर्दै उनले भने, “एउटा यस्तो मान्छे जसका विरुद्ध प्रमाण केही छैन तर खेदी खेदी यसरी सरकारले निलम्बन गर्न मिल्ने? यो देश यस्तै हो। यसैगरी चल्छ।”

नगरेको अपराधमा आरोप लगाएर कारवाही गरेको भन्दै उनले घोर आपत्ति रहेको बताए।

अब के गर्ने त? भन्ने प्रश्नको जवाफमा उनले भने, “केही नगर्ने। अब सहने। यो देशमा सहनुभन्दा के छ? भिमसेन थापालाई के गरे?”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com