भिजिटर, विद्यार्थी लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे क्यानडाले ल्यायो नयाँ नियम


प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

क्यानडाले भिजिटर लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे नयाँ नियम ल्याएको छ । क्यानडाले आफ्नो आप्रवासन र शरणार्थी सुरक्षा नियमावलीलाई अद्यावधिक गर्दै अस्थायी भिसा कागजातहरु रद्द गर्ने प्रक्रियामा सुधार गरेको छ।

अब क्यानाडाको आप्रवासन, शरणार्थी र नागरिकता विभाग आईआरसीसीका अधिकारीहरूलाई अस्थायी भिसा कागजातहरु रद्द गर्न स्पष्ट अधिकार प्राप्त भएको छ। नयाँ नियमहरू अनुसार आवेदकको अधयमगन स्थीति परिवर्तनका लागि दिएको आवेदन अस्वीकृत भएमा, क्यानडामा बैध आवास सकिएपछि देश छोड्ने कुरा प्रमाणित गर्न असफल भएमा, कागजात हराएको, चोरेको, नष्ट भएको, वा परित्याग गरिएको अवस्थामा अधिकारीहरुले उनीहरुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन वा अस्थायी भिसा रद्द गर्न सक्नेछन् ।

यदि व्यक्ति स्थायी निवासी बनेको छ भने अधिकारीहरूले इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन, अस्थायी भिसा, वर्क परमिट वा विद्यार्थी भिसा रद्द गर्न सक्छन् । त्यस्तै व्यक्तिको मृत्यु भएमा वा कागजातहरु प्रशासनिक त्रुटिको कारण प्राप्त गरेका भएमा पनि भिसाहरु रद्द हुनेछन् । यसभन्दा पहिले रद्द गर्ने विशेष कारणहरूको स्पष्ट नियमावली थिएन र अधिकारीहरूको अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरिएको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसीसी अनुसार यी परिवर्तनहरू क्यानाडाको अस्थायी आवास कार्यक्रमहरूको अखंडता बढाउने र सीमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले ल्याइएका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com