जो एक्लैले रोहिंज्या संकट सुल्झाउन सक्छन्


प्रकाशित मिति : आश्विन २, २०७४ सोमबार

म्यानमारका सेना प्रमुखले रोहिंज्या संकटका लागि उनीहरु नै जिम्मेवार रहेको आरोप लगाएका छन्।

‘रोहिंज्याहरु कहिल्यै आदिवासी समुदाय नभएको’ बताउँदै जनरल मिन ओङ ह्लाइङले ‘अतिवादीहरु’ले उत्तरी रखाइन राख्यमा पकड कायम गर्ने प्रयास गरिरहेको बताए।

म्यानमारको सेनाले गरेको सर्वसाधारण लक्षित कारबाहीका कारण झण्डै ठूलो संख्यामा रोहिंज्याहरु भागेर बांग्लादेश पुगेको अधिकारवादी संस्था तथा पीडितले बताउँदै आएका छन्।

तर म्यानमार सरकारले त्यो अस्वीकार गर्दै सुरक्षाकर्मीमाथि गत महिना विद्रोहीहरुले गरेको आक्रमणविरुद्ध कारबाही गरिएको बताउने गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोहिंज्या संकट: सू चीलाई ‘अन्तिम मौका’

रोहिंज्या महिलामाथि ‘यौन दुर्व्यवहार’

संकट

‘जातीय सफाया’

संयुक्त राष्ट्रसंघले अल्पसंख्यक मुस्लिम रोहिंज्याहरुमाथिको आक्रमण ‘जातीय सफाया सरह’ भएको बताउँदै आएको छ।

म्यानमारमा ९० प्रतिशत बौद्ध धर्मावलम्बी छन् भने रोहिंज्याहरुको जनसंख्या १० प्रतिशत छ।

संकट

यसअघि आइतवार राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले रोहिंज्याहरुविरुद्धको कारबाही रोक्न नेतृ आङ सान सू चीका लागि ‘अन्तिम मौका’ बाँकी रहेको बताएका थिए।

सू चीले अहिल्यै त्यसविरुद्ध कदम नचाले ‘संकट निकै भयावह’ हुन सक्ने गुटेरसले बीबीसीलाई बताए।

‘संगठित हिंसा’

जनरल मिन ओङ ह्लाइङले आइतवार फेसबुकमा लेख्दै रोहिंज्या ‘मुद्दा’बारे एकताबद्ध हुन नागरिक र सञ्चारमाध्यमलाई अपील गरेका थिए।

रोहिंज्या लडाकुलाई इंगित गर्दै उनले ‘अतिवादी बंगालीहरु’सँग ९३ वटा भिडन्त भएपछि सैन्य कारबाही थालिएको बताए।

रखाइन राज्यमा पकड कायम गर्ने उद्देश्यका साथ संगठित हिंसा निम्त्याइएको जनरल मिन ओङ ह्लाइङले दावी गरेका छन्।

उनले भनेका छन्, “उनीहरुले रोहिंज्याका रुपमा पहिचान खोजिरहेका छन्, जुन म्यानमारको आदिवासी समूह हुँदै होइन।”

को हुन् मिन ओङ ह्लाइङ?

सन् २०११ मा म्यानमारको सेनाले तत्कालीन सरकार भंग गरी चुनाव गराएको थियो।

चुनावमा जित हासिल गरेको आङ सान सू चीको दल न्याशनल लिग फर डेमोक्रेसीले सन् २०१६ को अप्रिलमा सरकार बनायो।

यद्यपि जनरल मिन ओङ ह्लाइङले कैयौँ अधिकार आफूमा निहित राखेका छन् र म्यानमारको सेनाले एक चौथाई सांसदको नियुक्ति आफैंले गर्छ।

संकट

जसको सोझो अर्थ म्यानमारको सेनासँग देशको कुनै पनि परिवर्तनलाई रोक्ने सामर्थ्य छ।

देशका तीन महत्त्वपूर्ण गृह, रक्षा र सीमा मन्त्रालयमाथि सेनाको नियन्त्रण छ।

हिंसा प्रभावित रखाइन राज्यमा जनरल मिन ओङ ह्लाइङले कमाण्ड सम्हालेका छन्।

बर्बर कारबाही

‘बर्मा क्याम्पेन युके’का मार्क फ्रेमनर भन्छन्, ब्रिटेनको विदेश मन्त्रालयले म्यानमारका सेना प्रमुखको आलोचना गर्नुपर्छ किनकि जनरल मिन ओङ ह्लाइङका सेनाले रोहिंज्या मुस्लिमहरुको हत्या गरिरहेका छन्।

उनी थप्छन्, सैनिक प्रमुख मात्रै एक व्यक्ति हुन् जसले रोहिंज्या गाउँमा आक्रमण गरिरहेका सैनिकहरुलाई रोक्न सक्छन्।

ब्रिटनेको द गार्डियन पत्रिकाले हालै एउटा सम्पादकीयमा रोहिंज्याहरुमाथि भइरहेको अत्याचारलाई आङ सान सू चीले रोक्न नसक्ने लेखेको थियो।

संकट

आङ सान सू चीले आफ्ना अन्तर्राष्ट्रिय समर्थकमार्फत सेनामाथि दवाव सिर्जना गराउन सक्ने सो पत्रिकाले उल्लेख गरेको थियो।

१२ जना सुरक्षाकर्मीको ज्यान जाने गरी रोहिंज्या लडाकुहरुले गत अगष्ट २५ तारिखमा आक्रमण गरेका थिए।

त्यसको जवाफमा सेनाले बर्बर कारबाही थाल्दै रोहिंज्या गाउँहरु जलाइदिएको, हत्या तथा बलात्कार गरेको म्यानमारबाट भागेर बांग्लादेश पुगेका मानिसहरुले बताएका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com