प्रदेश नं. २ का सबै जिल्लामा मतदान शुरु


प्रकाशित मिति : आश्विन २, २०७४ सोमबार

देशकै सिङ्गो राजनीतिमा गतिरोध उत्पन्न गरिदिने गरी आन्दोलनको केन्द्र बनेको प्रदेश नम्बर २ मा स्थानीय सरकार गठनका निम्ति मतदान शुरु भएको छ।

६,६२७ पदको निम्ति चुनावी भिडन्तमा रहेका उत्रिएका करिब ३६ हजार उम्मेद्वारको भविष्यको फैसला २६ लाख ६४ हजार ९ सय ५० जना मतदाताले गर्दैछन्।

देशका अन्य प्रदेशमा गठन भएका स्थानीय तहमा परिषद् भइसकेपछि अन्तिम चरण अन्तर्गत त्यहाँ मतदान भइरहेको हो।

देशमा ठूलो संख्यामा रहेका एउटा समुदायको प्रतिनिधित्व गर्ने भनिएका दलहरुको असन्तुष्टिले गर्दा पटक-पटक अन्योलमा परेको निर्वाचन हुन लागेकाले यसलाई महत्त्वका साथ हेरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवसर

पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका कतिपय स्थानीय तहका नगर तथा गाउँसभा शुरु भइसक्दा बल्ल प्रदेश नं २ का मतदाताले स्थानीय तहका लागि जनप्रतिनिधि चुन्न पाउने अवसर प्राप्त गरेका छन् ।

चन्द्रपुर नगरपालिका रौतहटका मसली मियाँले विगतमा तराईमा चलेको आन्दोलन जस्तो हिंसा कहीं कतै नहोस् भन्दै मतदानमा सहभागी हुन पाउँदा निकै खुशी देखिन्थे।

उनले भने, “मार काट धेरै भयो पहिला। अब कसैलाई केही नहोस्। सबै मिलेको देख्न पाइयोस्।”

मतदान

विगतमा तराईको आन्दोलनसँगै नेपाल-भारत सीमा नाकामा सामान ओसारपसारमा अवरोधले थलिएको प्रदेश नम्बर २ का ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिकाका ३ हजार ५७८ मतदान केन्द्रमा मतदान गर्ने मतदाताको संख्या २६ लाख ६४ हजार ९ सय ५० छ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने राजपाको अडानलाई कतिपयले सकारात्मक मानेका छन्।

अस्थिरता

कतिपयले त्यो अडान तराईवासीका लागि घाटा भएको बताउने गरेका छन् ।

रौतहट कटहरिया नगरपालिका डुमरिया टोलका एकजना मतदाता रामदेव चमारले भने, “मतदान भइरहेकोले खुशी लागेको छ। पहिला नै भएको भए यतिबेलासम्म धेरै विकास हुने थियो।”

वीरगञ्ज, रौतहट, सप्तरी लगायतका स्थानमा चलेको आन्दोलनसँगै प्रदेश नम्बर २ कै कारण नेपाल-भारतबीचको सम्बन्धमा तिक्तता देखिएको कतिपयको बुझाई छ।

वीरगञ्जकी एकजना मतदाता अञ्जली चौहानले भनिन्, “यही ठाउँमा आन्दोलन भयो तर पनि चुनाव भइरहेको छ। म आफैं भोट हाल्न जाँदैछु। स्थानीय तहमै अधिकार आउने कुराले म धेरै खुशी छु।”

प्रमुख दलका नेता तथा कार्यकर्ता लगायत धेरैले राजपाको स्थानीय तहको निर्वाचनमा सहभागिताले कचल्टिएर बसेको राजनीतिक अस्थिरलाई फुकाइदिएको अर्थ्याउने गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com