अमेरिकाका १० हजार सरकारी कर्मचारीले राजीनामा दिदै, ट्रम्पको प्रस्ताव अस्वीकार गर्नेहरुमाथि पनि अनुसन्धान हुने
प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार
President Donald Trump speaks to reporters as he signs executive orders in the Oval Office of the White House, Friday, Jan. 31, 2025, in Washington. (AP Photo/Evan Vucci)
अमेरिकाका १० हजार सरकारी कर्मचारीहरूले राजीनामा दिने भएका छन । ट्रम्प प्रशासनको प्रस्ताव स्वीकार गर्दै सरकारी कर्मचारीहरूले बिहीबार राति रहेको अन्तिम समयसीमा अघि राजीनामा दिने निर्णय गरेका हुन ।
सरकारी कर्मचारीहरूलाई बिहीबार मध्यरातसम्म राजीनामा दिने निर्णय लिन भनिएको छ । यदि उनीहरुले प्रस्तावलाई स्वीकार गरेको खण्डमा उनीहरूलाई ३० सेप्टेम्बरसम्मको तलव दिने प्रस्ताव गरिएको छ ।
लगभग दुई मिलियन सरकारी कर्मचारीहरूलाई गत हप्ता स्वच्छिक राजीनामा दिने कार्यक्रमको प्रस्ताव गरिएको थियो ।
व्हाइट हाउसले २ लाख भन्दा बढी कर्मचारीहरूले यसलाई स्वीकार गर्ने अपेक्षा गरेको थियो । अपेक्षा गरेअनुसार नभएपनि राजीनामा दिनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
सरकारी प्रशासनको आकार घटाउने र खर्च कटौती गर्ने प्रयासको एक हिस्सा भएको ट्रम्प प्रशासनले बताएको छ । अमेरिकी सरकारका कर्मचारीहरूको युनियनहरूले यस योजना विरुद्ध मुद्दा दायर गरेका छन् ।
नयाँ नियुक्त सीआईए निर्देशक जोन राटक्लिफले व्यक्तिगत रूपमा गुप्तचर एजेन्सीलाई यो राजीनामा कार्यक्रमको हिस्सा बनाउने निर्णय गरेका थिए ।
सीआईएले यसअघि शर्तपत्र पेश गरिसकेका उम्मेदवारहरूको नियुक्ति रोक्ने निर्णय गरेको थियो । सार्वजनिक सेवा प्रदायक संस्थाले गरेको विश्लेषणअनुसार संघीय कर्मचारीहरूको वार्षिक छुट दर लगभग ६ प्रतिशत छ ।
ट्रम्प प्रशासनले आफनो प्रस्ताव स्वीकार नगर्ने कर्मचारीहरूका लागि पुर्नमुल्याङकन गर्ने योजना बनाएको छ । यसले अन्य कर्मचारीहरूलाई पनि थप अनिश्चिततामा राख्न सक्ने संभावना देखिएको छ ।
सभामुख माइक जोनसनले अमेरिकी करदाता डलरको हेरचाह राम्रोसँग ह्यान्डल गरिएको बताएका छन ।
आप्रवासनमा कडाइ र सरकारमा विविधता, समानता र समावेशी प्रयासहरूलाई प्रतिबन्ध लगाउने निर्णय बिरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनलाई बल पुराएको छ ।
हजारौं मानिसहरूले बुधबार राष्ट्रपति विरोधका लागि देशभर प्रदर्शन गरेका थिए ।






