प्यारिस सम्झौता अमेरिकाद्वारा पुन: अस्वीकार


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

प्यारिसप्यारिस सम्झौताले विश्वव्यापी तापक्रम बढ्न नदिन कार्बन उत्सर्जन गर्ने विभिन्न क्रियाकलाप घटाउनुपर्ने व्यवस्था गरेको छ

अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौताप्रति लचिलो भएको खबर प्रकाशित भए लगत्तै ह्वाइट हाउसले त्यसको खण्डन गरेको हो।

शनिबार ह्वाइट हाउसका प्रतिनिधिलाई भेटेका अधिकारीहरुले अमेरिका सन् २०१५ को सम्झौता मान्ने अवस्थामा पुगेको बताएका थिए। ।

तर ह्वाइट हाउसले भनेको छ, “हाम्रो देशका लागि राम्रो हुने शर्तहरुमा प्रवेश गरेबिना हामी पेरिस सम्झौता मान्न सक्दैनौं।”

गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका लागि नयाँ सम्झौता चाहेको बताएका थिए।

क्यानडा बैठक

शनिबार ‘द वाल स्ट्रिट जर्नल’ले ‘युरोपियन कमिसनर फर क्लाइमेट एक्शन एण्ड एनर्जी’का मिगेल एरिएस क्यानेटलाई उदृत गर्दै ट्रम्प प्रशासनका अधिकारीहरुले प्यारिस संझौताबाट अमेरिकाले हात नझिक्ने बरु जलवायु परिवर्तनसँग जुझ्न उक्त अन्तर्राष्ट्रिय सम्झौता अनुसार काम गर्ने बताएका थिए।

वाल स्ट्रिट जर्नलले मन्ट्रियल क्यानडामा भएको ३० मुलुकका वातावरण मन्त्रीहरुको बैठकका बेला अमेरिकाको नीतिमा परिवर्तन आएको जनाएको थियो।

उक्त बैठकमा एकजना अमेरिकी पर्यवेक्षक सहभागी थिए।

क्यानेटले भने, “अमेरिकाले प्यारिस सम्झौतामा पुन सहमति नखोज्ने तर सोही सम्झौतामा कसरी काम गर्न सकिन्छ भन्ने उपाय खोज्ने” बताएको थियो। त्यो ट्रम्पबाट सुन्दै आएको भन्दा फरक कुरा भएको उनले बताए।

सोही समयमा चिलिका वातावरणमन्त्री मार्सेलो मेनाले स्पेनिश भाषामा गरेको ट्वीटमा भनिएको छ, “म पनि उक्त बैठकमा थिएँ, नयाँ सहमति खोज्ने कुरा नरहेको भन्दै प्यारिस सम्झौताको ढोका बन्द नगरेको अमेरिकाले बतायो।”

तर शनिबार ह्वाइट हाउसकी प्रवक्ता सारा हकाबी स्यान्डर्सले भनिन्- प्यारिस सम्झौताबारे अमेरिकाको अडानमा कुनै परिवर्तन भएको छैन।

उनको भनाइ थियो – हाम्रा राष्ट्रपतिले भन्दै आएझैं अमेरिकाका लागि फाइदाकारी नभएसम्म प्यारिस सम्झौता मान्न सकिँदैन।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com