हश मनी मुद्धामा ट्रम्पलाई १० जनवरीमा सजाय सुनाइने, कस्तो होला कारवाही ?


प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

TOPSHOT – Former US President and Republican presidential candidate Donald Trump attends his criminal trial at Manhattan Criminal Court in New York City, on May 30, 2024. Jurors return Thursday to a second day of deliberations in Donald Trump’s criminal trial, leaving the Republican presidential candidate and the country waiting for a decision that could upend November’s election. (Photo by Mark Peterson / POOL / AFP)

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको हश मनी मुद्दामा १० जनवरीमा सजाय सुनाइने भएको छ । यो सजाय सुनाइने मिति उनले राष्ट्रपति पदमा सपथ खाने कार्यक्रमभन्दा दुई साताभन्दा कम समय अगाडि पर्नेछ ।

न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय, प्रोबेसन वा जरिवाना नदिई निर्विवाद छुट दिने संकेत गरेका छन् । उनले आफ्नो आदेशमा राष्ट्रपति निर्वाचित ट्रम्पले व्यक्तिगत रूपमा वा भर्चुअल रूपमा सुनुवाइमा उपस्थित हुन सक्ने बताएका छन् ।

ट्रम्पले राष्ट्रपतिको चुनावी जितको उपयोग गर्दै आफ्नो मुद्दा खारेज गराउन प्रयास गरेका थिए । उनको टोलीले न्यायाधीशको निर्णयको आलोचना गर्दै यसलाई कानूनविपरीत भएको भन्दै तुरुन्त खारेज गर्नुपर्ने माग गरेको छ ।

मे महिनामा ट्रम्पलाई व्यापारिक रेकर्ड नक्कली बनाएको ३४ फौजदारी अभियोगमा दोषी ठहर गरिएको थियो । यी आरोप पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई मौन राख्न भुक्तानी गरिएको प्रकरणसँग सम्बन्धित थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी आरोपहरू २०१६ को चुनावी अभियानको अन्तिम दिनमा उनका पूर्व वकिल माइकल कोहेनले पोर्न स्टारलाई चुप लाग्न रकम दिएको र यसको भुक्तानी लुकाउन खोजिएको अभियोगसँग सम्बन्धित रहेका बताइएको छ ।

राष्ट्रपति निर्वाचित ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र यो मुद्दा २०२४ को राष्ट्रपतिको चुनावी अभियानलाई क्षति पुर्याउन गरिएको दाबी गरेका छन् ।

शुक्रबार ट्रम्पका प्रवक्ताले न्यायाधीश मर्चनको आदेशको आलोचना गरेका छन । सजाय दिनु हुँदैन, र राष्ट्रपति ट्रम्प यी सबै झूटा मुद्दाहरूको अन्त्यसम्म लडिरहनेछन् उनले भनेका छन ।

न्यायाधीश मर्चनले ट्रम्पका मुद्दा राष्ट्रपतिको कार्यकालमा उनलाई बाधा पुर्याउने र शासकीय क्षमतामा प्रभाव पार्ने भन्दै उनलाई आश्वासन दिने केही विकल्पहरू प्रस्तुत गरेका थिए ।

यी विकल्पहरूमा २०२९ मा ट्रम्पले ह्वाइट हाउस छोडेपछि मात्र सजाय सुनाउने वा जेल सजाय समावेश नगर्ने ग्यारेन्टी दिने निर्णय सामेल थियो ।

ट्रम्प अहिले ह्वाइट हाउसमा प्रवेश गर्ने पहिलो दोषी फौजदारी अभियुक्त हुनेछन् । सजायपछि ट्रम्पले दोषी ठहरविरुद्ध पुनरावेदन गर्ने प्रयास गर्न सक्नेछन्।

व्यापारिक रेकर्ड नक्कली बनाउनु अमेरिकामा चार वर्षसम्मको जेल सजायको व्यवस्था रहेको भए पनि, न्यूनतम सजाय छैन र जेल सजाय अनिवार्य छैन ।

ट्रम्पलाई तीन अन्य राज्य र संघीय फौजदारी मुद्दाहरूमा पनि अभियोग लगाइएको छ । जसमा गोप्य कागजातहरू र २०२० को चुनावी नतिजा उल्टाउन गरेको प्रयास सम्बन्धी आरोपहरू सामेल छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com