सुनामीमा ज्यान गुमाएका २ लाखलाई सम्झिदै इन्डोनेसियादेखि सोमालियासम्म प्रार्थना


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका २ लाख २० हजार व्यक्तिको सम्झनामा विहिबार प्रार्थना गरिएको छ ।

सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियाको पश्चिमी भागमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण इन्डोनेसियादेखि सोमालियासम्मका १४ देशका समुद्री तटमा ३० मिटर अग्ला सामुद्रिक छाल उत्पन्न गरेको थियो ।

सुनामी आउने बेला हजारौं अमेरिकी, युरोपेली र अस्ट्रेलियाली पर्यटकहरू क्रिसमसको समयमा इन्डोनेसिया, थाइल्यान्ड र श्रीलङ्काको समुद्रकिनारमा छुट्टि मनाइरहेका थिए ।

इन्डोनेसियाको आचेह प्रान्तमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । श्रीलङ्का, भारत र थाइल्यान्डलगायत यस क्षेत्रका देशहरुमा साइरन बजेको केही घन्टामा सुनामी आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब ४६ हजार मानिस गाडिएको आचेहको सिरोन सामूहिक चिहानमा भावनात्मक रूपमा आफन्तहरूले त्यहाँ हुर्केका रूखहरूको छायाँमा इस्लामिक प्रार्थनाहरू पाठ गरेका थिए ।

पाँच हजारभन्दा बढी मृतकमध्ये आधा विदेशी पर्यटकहरू रहेको थाइल्यान्डमा यसको सबैभन्दा बढी प्रभावित गाउँ बान नाम खेममा स्मारकहरू चाँडै सुरु भएको थियो ।

विश्वव्यापी विपद् डाटाबेस इएम–डिएटीका अनुसार सुनामीका कारण कुल २ लाख २६ हजार ४०८ जनाको मृत्यु भएको थियो । १२ देशका करोडौ मानिस विस्थापीत भएका थिए ।

जुन आधुनिक इतिहासका सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक मानिन्छ। बक्सिङ डे भूकम्प संसारका सबैभन्दा ठूलो भूकम्पहरू मध्ये एक थियो।

सूनामीले सोमालिया देखि श्रीलङ्का सम्मका समुद्रकिनारलाई असर पुराएको थियो । बाँचेकाहरुलाई घरविहिन बनाएको थियो ।

यो त्रासदीले इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आपतकालीन अबस्था निम्त्याएको मानवतावादी सहायता एजेन्सी युनिसेफले बताएको छ ।

उत्तर क्यारोलिना विश्वविद्यालयका समाजशास्त्री एलिजाबेथ फ्रांकेनबर्गको नेतृत्वमा गरिएको पाँच वर्षे अध्ययनले धेरै अनाथ किशोरहरूले चाँडै वयस्क बन्नु परेको,केटाहरू स्कूलबाट बाहिर जानु परेको र केटीहरूलाई घरेलु जिम्मेवारी दिइएको देखाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com