सुनामीमा ज्यान गुमाएका २ लाखलाई सम्झिदै इन्डोनेसियादेखि सोमालियासम्म प्रार्थना


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका २ लाख २० हजार व्यक्तिको सम्झनामा विहिबार प्रार्थना गरिएको छ ।

सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियाको पश्चिमी भागमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण इन्डोनेसियादेखि सोमालियासम्मका १४ देशका समुद्री तटमा ३० मिटर अग्ला सामुद्रिक छाल उत्पन्न गरेको थियो ।

सुनामी आउने बेला हजारौं अमेरिकी, युरोपेली र अस्ट्रेलियाली पर्यटकहरू क्रिसमसको समयमा इन्डोनेसिया, थाइल्यान्ड र श्रीलङ्काको समुद्रकिनारमा छुट्टि मनाइरहेका थिए ।

इन्डोनेसियाको आचेह प्रान्तमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । श्रीलङ्का, भारत र थाइल्यान्डलगायत यस क्षेत्रका देशहरुमा साइरन बजेको केही घन्टामा सुनामी आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब ४६ हजार मानिस गाडिएको आचेहको सिरोन सामूहिक चिहानमा भावनात्मक रूपमा आफन्तहरूले त्यहाँ हुर्केका रूखहरूको छायाँमा इस्लामिक प्रार्थनाहरू पाठ गरेका थिए ।

पाँच हजारभन्दा बढी मृतकमध्ये आधा विदेशी पर्यटकहरू रहेको थाइल्यान्डमा यसको सबैभन्दा बढी प्रभावित गाउँ बान नाम खेममा स्मारकहरू चाँडै सुरु भएको थियो ।

विश्वव्यापी विपद् डाटाबेस इएम–डिएटीका अनुसार सुनामीका कारण कुल २ लाख २६ हजार ४०८ जनाको मृत्यु भएको थियो । १२ देशका करोडौ मानिस विस्थापीत भएका थिए ।

जुन आधुनिक इतिहासका सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक मानिन्छ। बक्सिङ डे भूकम्प संसारका सबैभन्दा ठूलो भूकम्पहरू मध्ये एक थियो।

सूनामीले सोमालिया देखि श्रीलङ्का सम्मका समुद्रकिनारलाई असर पुराएको थियो । बाँचेकाहरुलाई घरविहिन बनाएको थियो ।

यो त्रासदीले इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आपतकालीन अबस्था निम्त्याएको मानवतावादी सहायता एजेन्सी युनिसेफले बताएको छ ।

उत्तर क्यारोलिना विश्वविद्यालयका समाजशास्त्री एलिजाबेथ फ्रांकेनबर्गको नेतृत्वमा गरिएको पाँच वर्षे अध्ययनले धेरै अनाथ किशोरहरूले चाँडै वयस्क बन्नु परेको,केटाहरू स्कूलबाट बाहिर जानु परेको र केटीहरूलाई घरेलु जिम्मेवारी दिइएको देखाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com