दम्पत्ति हुँदाहुँदै अरुसँग शारीरिक सम्बन्ध राखेमा अमेरिकामा कुन कुन राज्यमा सजाय हुन्छ?


प्रकाशित मिति : पुस ९, २०८१ मंगलबार

woman in gold dress holding sword figurine

पछिल्लो समयमा अमेरिकाको नेपाली समुदायमा पनि विवाहितहरुले छुट्टै व्यक्तिसँग सम्बन्ध राखेका घटनाहरुले पारिवारिक विखण्डन र घरेलु हिंशाका घटना समेत बढ्दो पाइएको छ । कहिले पत्नीले अरुसँग शारीरिक सम्बन्ध राखेको भन्दै पतिले प्रहरी नै बोलाउने त कहिले पतिले अरुसँग शारीरिक सम्बन्ध राखेको भन्दै पत्नीले प्रहरी बोलाउने सम्मका घटना हुने गरेका छन् । कतिपय यस्ता घटनाहरु डिभोर्समा टुंगिने गरेका छन् ।

दम्पत्ति हुँदाहुँदै अरुसँग शारीरिक सम्बन्ध राख्नुलाई व्यभिचार भनिन्छ । व्यभिचारलाई सामान्यतया विवाहित व्यक्ति र दम्पत्ति नभएको व्यक्ति बीचको स्वैच्छिक यौन सम्बन्ध भनेर परिभाषित गरिएको छ । अमेरिकाका कैयन राज्यहरुका कानुनमा यसलाई अपराधका रुपमा लिइएको छ भने त्यस्तो अपराध गर्नेलाई सजायको समेत व्यवस्था छ ।

अलाबामा, एरिजोना, फ्लोरिडा, जर्जिया, इलिनोय, कन्सास, मेरील्याण्ड, नर्थ क्यारोलिना, नर्थ डकोटा, रोड आइल्याण्ड, साउथ क्यारोलिना र भर्जिनिया लगायत देशभरका धेरै अन्य राज्यहरूमा व्यभिचारलाई अझै पनि दुष्कर्म अपराध मानिन्छ। र त्यस्तो गर्नेलाई सजायको व्यवस्था छ । त्यस्तै ओक्लाहोमा, विसकन्सिन र मिशिगनमा त यो जघन्य अपराध हो। त्यहाँ अझ कडा सजाय हुन्छ ।

brown wooden tool on white surface

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा पनि गत महिनासम्म व्यभिचारलाई दुश्कर्म अपराधका रुपमा मान्ने कानुन रहेको थियो । बी श्रेणीको दुश्कर्मका रुपमा व्यभिचार गर्नेलाई ५ सय डलरसम्म जरिवाना र ९० दिनसम्म जेल सजायको व्यवस्था रहेको थियो । तर गत महिनादेखि यो कानुन हटेको छ । राज्य संसदबाट पारित बिलमा गभर्नर क्याथी होकुलले हस्ताक्षर गरेपछि न्युयोर्कमा अब व्यभिचारलाई अपराध मानिदैन । न्युयोर्कमा सन् १९०७ को कानुन पुरानो भएको भन्दै त्यसलाई हटाइएको हो ।

यस अगाडि न्युयोर्कको दण्ड संहितामा जिवित दम्पत्ति भएको अवस्थामा अरुसँग यौन सम्बन्ध राखेमा व्यभिचारको लागि दोषी ठहर गर्ने व्यवस्था थियो । जस अन्तरगत १३ जनालाई पक्राउ गरी कानून बमोजिम मुद्दा चलाइएको थियो भने पाँच जनालाई दोषी ठहर गरिएको थियो । केही अदालती अभिलेखहरू सजिलै पहुँचयोग्य नभएका कारण संख्याहरू अझ बढी हुने अनुमान गरिएको छ ।

गत मे महिनामा मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यको कानुनबाट व्यभिचारलाई अपराधको रूपमा हटाउने व्यापक सर्वव्यापी विधेयकमा हस्ताक्षर गरेका थिए । त्यसको एक वर्ष अघि आइदायोका गभर्नर ब्राड लिटिलले राज्यको व्यभिचार कानून खारेज गर्ने कानूनमा हस्ताक्षर गरेका थिए । सन् २०२२ को जुलाई १ देखि आइदायोमा पनि व्यभिचार अवैध मानिदैन।

यद्यपि अमेरिकी सर्वोच्च अदालतले व्यभिचार कानूनको सम्बन्धमा कहिल्यै मुद्दा उठाएको छैन । सन् २००३ मा टेक्सासको संघीय अदालतले गरेको निर्णयले गोपनीयताको संवैधानिक अधिकारमा आधारित रहेर यौनसम्बन्धलाई अपराधीकरण गर्ने कानूनलाई समाप्त गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com