क्यानलको शुल्क तत्काल घटाउन पनामालाई ट्रम्पको चेतावनी
प्रकाशित मिति : पुस ७, २०८१ आईतबार
Former US President and Republican presidential candidate Donald Trump (L), flanked by attorney Todd Blanche, speaks to the press after he was convicted in his criminal trial at Manhattan Criminal Court in New York City, on May 30, 2024. A New York jury convicted Donald Trump on all charges in his hush money case on May 30, 2024 in a seismic development barely five months ahead of the election where he seeks to recapture the White House. (Photo by Steven Hirsch / POOL / AFP)
अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा क्यानलको शुल्क घटाउन वा अमेरिकालाई फिर्ता गर्न माग गरेका छन्।
उनले मध्य अमेरिकाको यो देशले अमेरिकी जहाज र नौसेनाका लागि अत्यधिक शुल्क लिएको आरोप लगाएका छन्।
एरिजोनामा समर्थकहरूलाई सम्बोधन गर्दै उनले पनामाले लिइरहेको शुल्क हास्यास्पद र पूर्णतः अनुचित रहेको बताए । उने संबोधनका क्रममा अमेरिकालाई लुट्ने कार्य तत्काल बन्द गर्न पनामालाई दवाव दिए ।
उनको यो टिप्पणीले पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले क्यानाल र यसको वरपरको हरेक वर्ग मिटर पनामा देशको सम्पत्ति हो भनेका छन । उनले पनामाको सार्वभौमिकता र स्वतन्त्रता अपरिवर्तनीय भएको स्पष्ट पारेका छन ।
यो ट्रम्पको यो भनाई उनको दोश्रो कार्यकालपछि अमेरिकी परराष्ट्र नीति र कूटनीतिमा आउने सम्भावित परिवर्तनको संकेत हो। ट्रम्पले पनामा क्यानाललाई अमेरिकाको एक महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भन्दै यसबारे एक पोस्ट गरेका थिए।
शुल्क घटाइएन भने पनामा क्यानाललाई पूर्ण रूपमा र चाँडो कुनै प्रश्नबिना फिर्ताको माग गर्नेछौं उनले भनेका छन ।
८२ किमि लामो पनामा क्यानल मध्य अमेरिकाको पनामा देश हुँदै एटलान्टिक र प्यासिफिक महासागरलाई जोड्ने मुख्य मार्ग हो।
यो १९०० को दशकको सुरुवातमा निर्माण गरिएको थियो । १९७७ सम्म अमेरिका यस क्षेत्रको नियन्त्रणमा थियो । पछि, सम्झौताहरूअनुसार, यो क्रमिक रूपमा पनामा सरकारलाई सुम्पियो। सन् १९९९ देखि पनामाले यसको पूर्ण नियन्त्रण लिएको छ।
प्रत्येक वर्ष करिब १४ हजार जहाजहरूले क्यानल पार गर्छन । जसमा कार, प्राकृतिक ग्यासलगायत सामग्री ओसार्ने कन्टेनर जहाज र सैन्य जहाज समावेश छन्।






