इजरायलको हमलापछि क्षतिग्रस्त बनेको लेबनानको पुननिर्माणमा विश्व बैङ्कले सघाउने


प्रकाशित मिति : पुस ३, २०८१ बुधबार

लेबनानको पुनर्निर्माणका लागि विश्व बैङ्क तयार भएको छ । विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बताएका ह्ुन ।

विश्व बैङ्कका मध्यपूर्व विभागका देशीय निर्देशक ज्याँ क्रिस्टोफ क्यारेटले लेबनानको पुनर्निर्माणमा लेबनानी सरकारसँग सहकार्य गर्ने बैङ्कको इच्छा व्यक्त गरेका हुन ।

क्यारेटले पुनर्निर्माण परियोजनाहरू र कार्यक्रमहरू, भग्नावशेष हटाउने, पूर्वाधार पुनर्निर्माण, र औद्योगिक र कृषि सुविधाहरूको पुनस्र्थापनासहितका बिषयमा छलफल गरेका हुन ।

इजरायली आक्रमणबाट लेबनानले व्यहोरेको परिणामलाई पुनर्निर्माण र सम्बोधन गर्न लेबनानसँग प्रतिक्रिया र संलग्न हुने विश्व बैङ्कको इच्छा र तत्परता’ को प्रशंसा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व बैङ्कका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

इरान समर्थीत हिजबुल्लाहलाई लक्षित गरेर इजरायलले आक्रमण सुरु गरेपछि लेबनानको राजधानी बेरुत लगाएतका क्षेत्रहरु ध्वस्त भएका छन ।

इजरायलले लेबनानमा हवाई तथा स्थल आक्रमण गरेको थियो । अहिले भने त्यहाँ युद्ध विराम छ । तरपनि बिभिन्न हिंसात्मक घटनाहरु भने जारी नै रहेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com