यूएस क्यापिटल घटनामा संलग्न व्यक्तिहरूलाई क्षमादान दिने ट्रम्पको तयारी


प्रकाशित मिति : मंसिर २३, २०८१ आईतबार

Republican presidential nominee former President Donald Trump arrives to speak during a campaign event at the World Market Center, Friday, Sept.13, 2024, in Las Vegas. (AP Photo/John Locher)

नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएस क्यापिटल घटनामा संलग्न व्यक्तिहरूलाई क्षमादान दिन सक्ने तयारी गर्नुभएको छ । यस घटनामा द्दण्द्दण् को चुनावमा पराजित भएपछि उहाँका समर्थकहरूले २०२१ मा कांग्रेसमा आक्रमण गरेका थिए ।

नोभेम्बरको निर्वाचन जितेपछि ट्रम्पले दिनुभएको पहिलो अन्र्तवार्तामा उहाँले उक्त घटनामा सम्लग्नहरुलाई माफी दिनसक्ने संकेत गर्नुभएको हो । उहाँले यो माफी जनवरी २० मै दिनसक्ने बताइन्छ ।

रिपब्लिकन नेता समेत रहनु भएका उहाँले अमेरिकामा जन्मिएका सबैलाई स्वचालित नागरिकता दिने प्रथा अन्त्य गर्ने वाचा पनि गर्नुभयो ।

तर उहाँले अमेरिकी भूमिमा बाल्यकालमै ल्याइएका केही अवैध आप्रवासीहरूलाई सहयोग गर्न डेमोक्र्याटहरूसँग मिलेर काम गर्ने प्रस्ताव समेत गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले २० जनवरीमा पद ग्रहण गरेपछि आप्रवासन, ऊर्जा, र अर्थतन्त्र जस्ता क्षेत्रहरूमा थुप्रै कार्यकारी आदेशहरू जारी गर्ने वाचा गर्नुभएको छ ।

ट्रम्पले कार्यकारी आदेशमार्फत जन्म अधिकार नागरिकता (birthright citizenship) अन्त्य गर्ने बताउनु भयो । यो अधिकारले अमेरिकी भूमिमा जन्मेका सबैलाई अमेरिकी नागरिकता दिनेछ ।

अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने अभियानलाई अघि बढाउने उहाँको भनाईछ । ती व्यक्तिहरूका परिवारका सदस्य अमेरिकी नागरिक नै भएपनि अबैध छन भने दिश निकालामा पर्नेछन उहाँले भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ म परिवार टुक्राउने पक्षमा छैन त्यसैले परिवारलाई सँगै राख्ने एकमात्र तरिका भनेको सबैलाई फर्काउनु हो ।

ट्रम्पले निवर्तमान हुने राष्ट्रपति जो बाइडेन र उहाँका परिवारविरुद्ध न्याय विभागबाट अनुसन्धान गराउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।

म विगतमा फर्किन चाहन्नँ, देशलाई सफल बनाउनेतिर लागिरहेको छु प्रतिशोध सफलताबाट प्राप्त हुनेमा म विश्वस्त छु ट्रम्पले भन्नुभएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com