महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त


प्रकाशित मिति : भाद्र २८, २०७४ बुधबार

– फातिमा बानु, काठमाडौं
भाद्र २८, २०७४-चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा  एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।

बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको  मृत्यु  भएको हो । उनी चार दिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

‘जन्मजातै उनको नाक थोरै बांगो थियो, दुख्ने-घोच्ने केही हुन्थेन । बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो,’ मृतकका श्रीमान बसन्त भट्टराईले भने । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । ‘रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने,’ मृतकका आफन्त विदुर दाहालले भने, ‘शल्यक्रियापछिको  उपचारपछि डाक्टरले कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको दाहालले सुनाए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘शल्यक्रियापछि उनी आधा होशमा मात्रै थिइन्, केके बर्बराइरहेकी थिइन्,’ श्रीमान वसन्तले भने, ‘हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी  डाक्टरलाई कानुनी कारबाही गर्छौं ।’

बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । बिरामीको मृत्यु भएसंगै आफन्तहरुले अस्पताल घेरेका छन् ।

यता अस्पताल प्रशासनले भने कमलाको उपचारमा डाक्टरको लापरवाही अस्विकार गरेका छन् । ‘नाकको शल्यक्रिया सुन्दा सामान्य लागेतापनि यो संवेदनशिल अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिँदैन,’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने । मृतकका आफन्तलाई डाक्टरको लावरवाही जस्तो लागे छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘सानो शल्यक्रियामा बिरामीको मृत्यु भयो, यस्तो घटना निकै कम हुन्छ, हामीलाई पनि दुख लागेको छ ।’ घटनाको छानबिन गरि कारबाही अघि बढाउने डा. गौतमले बताएका छन् ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com