नेपालको राहदानी सेवा भाइरसका कारण अझै प्रभावित, विश्वभरका नियोगमा अप्वाइन्टमेन्ट रद्द


प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार

नेपालको राहदानी आवेदन प्रणाली कम्प्युटर भाइरसका कारण ठूलो अवरोधमा परेको छ । यो समस्या पासपोर्ट विभागको इलेक्ट्रोनिक संरचनाभित्र पत्ता लागेको हो । यो प्राविधिक समस्याका कारण नयाँ राहदानी सेवाहरू स्थगित भएका छन्, जसले दैनिक हजारौं आवेदकहरूलाई असर गरेको छ।

यस अवरोधका कारण प्रत्येक दिन ३,००० भन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । जसमा करिब १,५०० आवेदकहरू केन्द्रीय विभागमा र त्यति नै संख्यामा आवेदकहरू विभिन्न जिल्ला कार्यालयहरू तथा विदेशस्थित नियोगहरुमा प्रभावित भएका छन् ।

भाइरसको सामना गर्न पासपोर्ट विभागले समस्यालाई समाधान गर्न केही उपायहरू अपनाएको जनाएको छ। विभागले आवेदन डाटालाई सुरक्षित राख्न सुरक्षा प्रोटोकलहरू सुदृढ पारेको जनाएको छ । विभागले सबै डाटा सुरक्षित रहेको आश्वासन दिएको छ।

भाइरस फैलन नदिनका लागि जिल्ला तथा क्षेत्रीय प्रशासनिक कार्यालयहरू साथै विदेशस्थित कन्सुलेटहरूमा राहदानी सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ विभागले जनाएको छ। ती स्थानहरूमा सेवा क्रमशः पुनः सुरु गरिने र पूर्ण क्षमतामा फर्कन एकदेखि दुई हप्ता लाग्न सक्ने विभागले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल विभागबाट आंशिक सेवाहरू पुनः सुरु गरिएका छन्, जसमा पहिला नै फर्महरू बुझाइसकेका आवेदकहरूलाई प्राथमिकता दिइएको छ। विभागमा नयाँ आवेदन बुकिङहरू आउँदो केही दिनभित्र उपलब्ध गराइने अपेक्षा गरिएको छ। साथै, विभागले आवश्यक आपतकालीन केसहरूलाई समेत समेटिरहेको छ र सबै आवेदकहरूलाई आफ्नो सम्बन्धित जिल्ला वा क्षेत्रीय प्रशासनिक कार्यालय तथा विदेशस्थित नेपाली कन्सुलेटमार्फत अद्यावधिक जानकारी लिइरहन आग्रह गरेको छ।

यस अवरोधको अन्तर्राष्ट्रिय प्रभाव पनि परेको छ, जसले नेपाली दूतावास र कन्सुलेटहरूले प्रदान गर्ने राहदानी सेवाहरूलाई प्रभावित पारेको छ भने विदेशमा रहेका दूतावास र कन्सुलेटहरुमा तय भएका पासपोर्ट आवेदनमा बायोमेट्रिक अप्वाइन्टमेन्टहरु रद्द गरिएका छन् । न्यूयोर्कको महावाणिज्य दूतावासले पनि सेवा अवरोधको सूचना जारी गरेको छ । साथै आवेदकहरूलाई परेको असुविधाका लागि माफी मागेको छ। नोभेम्बर २१ देखि २७ सम्मका बायोमेट्रिक अपोइन्टमेन्टहरू भएका व्यक्तिहरूलाई दूतावासले इमेलमार्फत सम्पर्क गरेर आफूलाई अनुकूल हुने नयाँ मिति तय गर्न आग्रह गरेको छ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले पासपोर्ट विभागका महानिर्देशकलाई नियमित राहदानी सेवाहरूको शीघ्र पुनःस्थापन गर्न निर्देशन दिएकी छिन्। विभागले ती समस्याहरूलाई छिटो समाधान गरी पूर्ण कार्यक्षमता पुनःस्थापित गर्न सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com