दोश्रो स्विंग राज्य जर्जियामा पनि ट्रम्प विजयी


प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

अमेरिकाका सात स्विंग राज्यहरूमध्ये दुईमा पूर्व राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जीत हात पार्नुभएको छ ।

ट्रम्पले नर्थ क्यारोलाइना र जर्जियामा विजय प्राप्त गर्नुभएको हो । यी दुवै राज्यमा १६।१६ इलेक्टोरल भोट छन्।

सात स्विंग राज्यहरूमध्ये पाँच राज्यका नतिजा आउन अझै बाँकी छन् । प्रारम्भिक गणना अनुसार ती सबै पाँच राज्यहरूमा पनि ट्रम्पले अग्रता कायम गरिरहनु भएको छ ।

स्विंग राज्यहरू ती राज्यहरूलाई भनिन्छ, जहाँ चुनावमा हार वा जीत धेरै नै कम अन्तरले हुने गर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, र विस्कन्सिनलाई अमेरिकामा स्विंग राज्यहरूको नामले चिनिन्छ ।

अमेरिकाको अलास्का र हवाई राज्यबाहेक अन्य सबै राज्यहरूमा मतदान सम्पन्न भइसकेको छ । अहिले मतगणना जारी छ।

अहिलेसम्मको प्रक्षेपणले ट्रम्पसँग २४६ इलेक्टोरल भोट छन् भने कमला ह्यारिससँग १८७ इलेक्टोरल भोट रहेका छन्।

जीतका लागि ५३८ मध्ये २७० भोटको आवश्यकता पर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com