उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध


प्रकाशित मिति : भाद्र २७, २०७४ मंगलबार

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाउने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

प्योङयाङले हालै क्षेप्यास्त्र परीक्षण गरेकोले उसलाई दण्डित गर्न नयाँ प्रतिबन्ध लगाइएको सदस्य राष्ट्रहरुले बताएका छन्।

नयाँ प्रतिबन्धहरु प्योङयाङले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित छ।

संयुक्त राज्य अमेरिकाले तेलमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारे पनि सुरक्षा परिषद्ले उत्तर कोरियाले गर्ने कच्चा तेल आयातमाथि प्रतिबन्ध लगाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कसैसँग नहार्ने परमाणु शक्ति सम्पन्न देश’

आग्रह

सुरक्षा परिषद्ले प्योङयाङको एउटा महत्त्वपूर्ण आम्दानीको स्रोतको रुपमा रहेको कपडाको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ।

संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन्।

क्षेप्यास्त्र

सन् २००६ यता सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्धका नौवटा प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

यसअघि सोमवार उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाउने दिशामा अमेरिका अघि बढिरहे उसलाई ‘ठूलो पीडा र दुःख’ दिने चेतावनी दिएको थियो।

चेतावनी

उसले आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने अमेरिका एउटा ‘रक्तपिपाशु जनावर’ भएको आरोप समेत लगाएको थियो।

उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्‍मा प्रस्ताव गरेको थियो।

सुरक्षा परिषद्को चेतावनीका बावजुद उत्तर कोरियाले पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिँदै आएको छ।

गत महिना मात्रै प्योङयाङले परीक्षण गरेको एउटा लामो दूरीको क्षेप्यास्त्र जापानी आकाश हुँदै समुद्रमा खसेको थियो।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com