इजरायल र हिजबुल्लाहबीच युद्धविरामको संभावना बढेको अमेरिकाको दावी


प्रकाशित मिति : कार्तिक १५, २०८१ बिहीबार

LEBANON-ISRAEL-PALESTINIAN-CONFLICT

इजरायल र लेबनानको हिजबुल्लाह बीच युद्धविरामको संभावना बढेको बरिष्ठ अमेरिकी अधिकारीहरुले बताएका छन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले सम्भावित सम्झौतामा वार्ताकारहरूले राम्रो प्रगति गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति जो बाइडेनका मध्यपूर्व समन्वयक ब्रेट म्याकगर्क र हिजबुल्लाहसँगको संघर्षमा वार्ता नेतृत्व गरेका एमोस होचस्टिन इजरायलमा छन् ।

उनीहरूले त्यहाँका अधिकारीहरूसँग छलफल गरिरहेका छन् । अर्को हप्ता हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि केही प्रगति हुने या नहुने प्रष्ट देखिएको छैन ।

इजरायलले लेबनानभर हवाई आक्रमण गरिरहेको छ । सीमावर्ती क्षेत्रहरूमा स्थलगत आक्रमण जारी राखेको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार, जारी द्वन्द्वमा कम्तिमा २ हजार २०० मानिसको ज्यान गएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१२ लाख मानिसहरू विस्थापित भएका छन् । जसमा धेरैजसो शिया मुसलमान रहेका छन । यसले धार्मिक तनावलाई बढाएको छ । सार्वजनिक सेवामा थप दबाब थपेको छ ।

इजरायली सरकारले आफ्नो उद्देश्य सीमा क्षेत्रमा सुरक्षा स्थिति परिवर्तन गर्नु र हिजबुल्लाहका रकेट, मिसाइल र ड्रोन आक्रमणका कारण विस्थापित भएका करिब ६० हजार मानिसलाई फर्काउनु रहेको बताएको छ ।

अमेरिकाले तयार गरेको भनिएको प्रारम्भिक ६० दिने युद्धविरामको मस्यौदा प्रकाशित गरेको थियो इजरायलको राष्ट्रिय प्रशारणले सार्वजनिक गरेको थियो । इजरायली सेना सम्झौतासँगै पहिलो हप्तामा लेबनानबाट फिर्ता हुने र लेबनानी सेना सीमामा तैनाथ हुनेछ ।

युद्धविराम अवधिमा, हिजबुल्लाहले आफ्नो सशस्त्र उपस्थिति समाप्त गर्नेछ भनेर उल्लेख गरिएको छ । इजरायललाई लेबनानी सेना र संयुक्त राष्ट्रसंघको शान्ति सेनाले हिजबुल्लाहलाई सीमाबाट टाढा राख्न सक्छ भन्नेमा शंका छ ।

इजरायलले युद्धबिराम समाप्त भएपछि आवश्यक परे हिजबुल्लाहमाथि हमला गर्ने अधिकार पाउन चाहन्छ । लेबनानी अधिकारीहरूले भने यसमा परिवर्तन हुनुहुँदैन भन्दै यस मागलाई अस्वीकार गर्न सक्छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता सीन साभेटले कानद्वारा प्रकाशित दस्तावेजको बारेमा प्रतिक्रिया दिँदै विभिन्न मस्यौदाहरू भए तापनि ती वर्तमान वार्ताको अवस्थालाई प्रतिबिम्बित नगर्ने बताए ।

हिजबुल्लाहका नयाँ महासचिव नाइम कासिमले इजरायलको कुनै पनि प्रस्ताव चर्चा गर्न योग्य नभएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com