ह्यारिसले चुनाव जीते विश्व युद्धमा धकेलिने ट्रम्पको दावी


प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपले कमला ह्यारिसले चुनाव जीतेमा विश्वयुद्ध हुने चेतावनी दिनुभएको छ ।

आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रंपले भन्नुभयो यदि ह्यारिसले जितिन् भने तेस्रो विश्वयुद्ध हुनेछ र त्यो युद्धमा लाखौं मानिसको मृत्यु हुनेछ । उहाँले किन तेश्रो विश्वयुद्ध हुने छ भनेर प्रष्ट भने पार्नुभएन ।

ह्यारिस पूर्ण रूपमा अक्षम रहेको भन्दै ट्रम्पले अमेरिकाको राष्ट्रपति बन्न लायक नरहेको उहाँको आरोप छ । आफ्नो प्रतिस्पर्धीमाथि आक्रामक अभिव्यक्ति दिदै उहाँले सबैले थाहा पाएका छन् कि ह्यारिस पूर्ण रूपमा अयोग्य छिन भन्ने बताउनु भयो ।

कसैले पनि उनको सम्मान गर्दैन, कसैले पनि उनीमाथि विश्वास गर्दैन, र कसैले पनि उनलाई गम्भीरतापूर्वक लिँदैन ट्रम्पको ह्यारिसप्रतिको तिखो टिप्पणी थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि राष्ट्रपतिको लागि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रंपप्रति टिप्पणी गर्दै अमेरिकी नागरिकलाई विभाजित गर्न चाहेको आरोप लगाउनु भएको थियो ।

ट्रम्प डराउँने व्यक्ति भएकाले उनले नागरिकलाई विभाजित गर्न खोजिरहेका छन ह्यारिसले भन्नुभएको थियो । आफु अमेरिका र अमेरिकनलाई जोड्नसक्ने क्षमता भएको व्यक्ति भएको ह्यारिसले बताउदै आउनु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com