अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको दिगो मर्मत गरिने


प्रकाशित मिति : भाद्र २६, २०७४ सोमबार

त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत गर्नका लागि ठेक्कामा दिने काम अन्तिम चरणमा पुगेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

निरन्तर समस्या दिँदै आएका खाल्डाहरु मुनिसम्मै खनेर बनाउन लागिएको र यसको काम सक्न, निर्माण कार्य शुरु भएको कम्तीमा एक वर्ष लाग्ने प्राधिकरणका एक अधिकारीले बताएका छन्।

धावनमार्गमा यस्ता समस्या परेर घण्टौं जहाज आकाशमा रोक्नु पर्ने वा अन्यत्र पठाइदिनु पर्ने अवस्था पछिल्लो समय बढ्न थालेको छ।

देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको रनवेमा क्र्याक वा साना भ्वाङ्ग पर्ने समस्या केही वर्ष यता गम्भिर हुँदै गएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योजना

धावनमार्गमा भ्वाङ्ग परेको ठाउँलाई माथिबाट पुरेर काम चलाउँदै आइएको छ।

तर अब यसको दिर्घकालीन मर्मत गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए।

उनले भने, “यो करिब ३ अर्ब रुपियाँको परियोजना हो। काम शुरुभएको कम्तीमा पनि एक वर्ष लाग्छ। हामीसंग एउटामात्र धावनमार्ग छ। त्यसैले समय मिलाएर काम गर्नुपर्छ। राती राती बनाउने अनि भोलिपल्ट धावनमार्ग संचालन हुनैपर्छ।”

प्राधिकरणले यस अघि पनि मर्मत गर्ने परियोजना बनाएको थियो जुन कार्यान्वयनमा आउन सकेन।

समस्या

दुई वर्ष अघि गएको भूकम्पपछि धावन मार्गमा यस्ता समस्या बढी नै देखिन थाल्यो।

यस्ता समस्याका कारण प्राधिकरणले भूकम्प गएको केही महिनासम्म नेपालमा उडान भर्दै आएका अन्तराष्ट्रिय जहाजहरुलाई १९६ टनभन्दा बढी भार भएको जहाज नल्याउन भनेको थियो र यो नियम हालसम्म पनि कायमै रहेको प्राधिकरणले बताएको छ।

बर्खाको मौसममा धावनमार्गमा बढी समस्या हुने प्राधिकरणका प्रवक्ता विरेन्द्र क्षेष्ठले बताए।

यसका कारण अवतरण गर्न तयार परेका जहाज आकाशमै अड्काएर राख्न पर्ने समस्या बढ्दै गएको छ।

शंका

आइतबार पनि यस्तै समस्या परेको प्रवक्ता श्रेष्ठले बताए।

उनले भने, “पहिले यस्तो भएपनि मध्यरातमा काम गरेर सकिन्थ्यो। अहिले दिउँसै धावनमार्ग बन्द गरेर काम गर्न पर्ने अवस्था आयो। आइतबार पनि दुई पटक ४५ मिनेट जति विमानस्थल बन्द गर्नुपर्ने अवस्था आयो।”

केही महिना अघि मात्रै अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षाको चासोबाट नेपाल हटेको थियो।

अब युरोपेली युनियनको कालो सूचीबाट हट्ने प्रयासमा लागेको प्राधिकरणलाई यस्ता घटनाले नकारात्मक असर पर्ने सक्ने शंका कतिपय विज्ञले व्यक्त गरेका छन्।

त्यस्तै कतिपयले भने एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलले बढ्दो उडान संख्याको भार थेग्न नसक्ने भन्दै अन्य विकल्प चाँडो प्रयोगमा ल्याउनु पर्ने बताएका छन्।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com