रोहिंज्या संकटमा मोदीको हिन्दु कार्ड!


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

म्यान्मारबाट आएका रोहिंज्या मुसलमान शरणार्थी अवैध र देशको सुरक्षाको निम्ति खतरा रहेको भन्दै भारत सरकारले हालै उनीहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ।

यो निर्णय त्यसबेला आएको छ जब म्यानमारबाट दशौं हजार रोहिंज्या मुसलमान सुरक्षा बलको कारबाहीबाट आफ्नो ज्यान जोगाएर बांग्लादेशतर्फ भागिरहेका छन्।

भारतमा ती रोहिंज्या शरणार्थीलाई देश निकाला गर्ने भनेको छ जसले कयौं वर्षदेखि यहाँ शरण लिएका छन्।

भारत सरकारले रोहिंज्या विद्रोहीविरुद्ध म्यानमारको सुरक्षा बलले गरेको कारबाहीलाई पनि समर्थन गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्ठेरो

भारतमा बढीजसो रोहिंज्या शरणार्थी पाँच वर्ष पहिले म्यानमारमा ‘सुरक्षा बल र बौद्ध अतिवादीको अत्याचार’बाट ज्यान जोगाएर भारत आएका हुन्।

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको तथ्याङ्क अन्सार भारतमा १४ हजारभन्दा बढी रोहिंज्या शरणार्थी छन्।

संयुक्त राष्ट्रसंघ, अमेरिका, ब्रिटेन र युरोपेली संघले रोहिंज्या संकटलाई निकै चिन्ताजनक भनेका छन्।

म्यानमारमा आङ सान सूची नजरबन्दमा रहेका बेला र लोकतान्त्रिक आन्दोलनका क्रममा त्यहाँका हजारौं नागरिक र राजनीतिक नेताहरुले भारतमा शरण लिएका थिए।

आफ्ना आध्यात्मिक गुरु दलाई लामाको नेतृत्वमा हजारौं तिब्बती हिमाचल, सिक्किम र उत्तराञ्चल प्रदेशमा वर्षौंदेखि बसिरहेका छन्।

लाखौं नेपाली भारतमा बस्छन् र त्यहाँ काम गर्छन्।

श्रीलंकामा भएको गृहयुद्ध ताका लाखौं तमिलले भारतमा शरण लिएका थिए।

यस्तोमा प्रश्न उठ्छ, सवा एक अर्ब जनसंख्या रहेको देशमा सरकारलाई केही हजार रोहिंज्या मुसलमान शरणार्थीलाई लिएर के समस्या छ?

हिन्दु कार्ड

केही पर्यवेक्षकले नरेन्द्र मोदीको सरकारले रोहिंज्या शरणार्थीको विरोध गरेर ‘हिन्दु कार्ड’ खेलिरहेको ठान्छन्।

उनीहरुका भनाइमा प्रधानमन्त्री मोदीको सरकार मुसलमानसँग सम्बन्धित कुनै कडा कदम उठाउँदा वा केही धारणा सार्वजनिक गर्दा त्यसबाट उसको लोकप्रियता बढ्छ।

टीभी च्यानलहरुमा रोहिंज्या शरणार्थीलाई देशको सुरक्षाको निम्ति खतराको रुपमा प्रस्तुत गरिएको छ।

रोहिंज्या

बहसहरुमा ती शरणार्थीको अलकायदा र इस्लामिक स्टेट जस्ता उग्रवादी संगठनसँग सम्बन्ध रहेको र भारतमा आतंकवादको सञ्जाल फैलिरहेको बताइन्छ।

शरणार्थीको संख्या बढाएर प्रस्तुत गरिन्छ।

मोदीले सन् २०१४ मा आफ्नो चुनावी अभियानका क्रममा असममा हिन्दु शरणार्थीलाई मात्र आउन दिने र गैरहिन्दु अवैध शरणार्थीलाई देशबाट निकाला गर्ने बताएका थिए।

बिभाजित समाज

भारतमा मुसलमानप्रतिको घृणाको भावना चरम छ।

सञ्चारमाध्यमको निम्ति यो निकै रुचिकर विषय बनेको छ।

हरेक साँझ समाचार च्यानलमा घृणाको लहर चलिरहेको हुन्छ।

जुन कुरा कयौं मानिसले मन भित्र राख्थे, त्यो अहिले खुलेर प्रकट भइरहेको छ।

सम्पूर्ण समाज विभाजित देखिन्छ।

रोहिंज्या मुसलमान पनि भारतको उक्त घृणाको राजनीतिको शिकार भएका छन्।

उनीहरुलाई देश निकाल्न सजिलो छैन किनभने म्यानमारले उनीहरुलाई आफ्नो नागरिक नै स्वीकार गर्दैन र शरणार्थीलाई जबर्जस्ती अर्को देश पठाउन सकिन्न।

शरणार्थी जीवन

तर उनीहरुलाई देश निकाला गर्ने सरकारको घोषणाले उनीहरुको जीवन अझै कठिन बनेको छ।

सञ्चारमाध्यमले उनीहरुलाई जिहादी र उग्रवादीको संज्ञा दिएर मानिसको मन मस्तिष्कमा उनीहरुबारे शंका उत्पन्न गरिदिएका छन्।

रोहिंज्या शरणार्थी कुनै पनि किसिमले आफ्नो ज्यान जोगाएर हजारौं किलोमिटरको यात्रा गर्दै यहाँ आएका थिए।

रोहिंज्या

यहाँका शिविरमा पनि उनीहरु नारकीय जीवन बाँच्न बाध्य छन्।

आफ्नो देशमा उनीहरुले नश्ल र धर्मका कारण अत्याचारको सामना गर्नु परेको छ।

म्यानमारमा उनीहरुको बस्ती जलिरहेको छ, लाखौं मानिस सुरक्षित शरण लिन चारैतिर भागिरहेका छन्।

मानवअधिकार संगठनहरुले यस्तो परिस्थितिमा रोहिंज्या शरणार्थीलाई देश निकाला गर्ने भारतको निर्णय अमानवीय मात्र नभइ त्यसमा जातीय र धार्मिक घृणा पनि झल्किएको ठान्छन्।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com