इजरायली आक्रमणमा हिजबुल्लाहका रकेट र मिसाइल यूनिटका प्रमुखको मृत्यु , मृतकको संख्या ५६४ पुग्यो


प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार

लेबनानमा रहेको लडाकु समूह हिजबुल्लाहका उच्च सैन्य कमाण्डर मारिएका छन । इजरायलले बेरुतमा गरेको हमलामा इव्राइम कोबेसी मारिएका हुन ।

कोबेसी मारिएको हिजबुल्लाहले पनि पुष्टि गरेको छ । इजरायलले दावी गरे अनुसार कोबेसी हिजबुल्लाहका रकेट र मिसाइल यूनिटका प्रमुख थिए ।

इजरायलमाथी भइरहेका हमलामा कोेबेसी जिम्मेवार रहेको इजरायली सेनाले दावी गरेको छ । उनीमाथी कम्तिमा २ हजार आक्रमणका योजना बनाएको आरोप छ । यो आक्रमण र मृत्युले हिजबुल्लाहलाई ठुलो क्षति पुगेका अनुमान गरिएको छ ।

लेबनान माथी हिजबुल्लाह लक्षित आक्रमणलाई इजरायलले तिब्र बनाएपछि फ्रान्सको अनुरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले बुधबार लेबनानमा आपतकालीन बैठक बोलाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिजबुल्लाहको बलियो उपस्थिति लेबनानको दक्षिणी बेरुत उपमहानगरलाई लक्षित गरि इजरायलले हमला गरिरहेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा ५० बालबालिका , ९४ महिला सहित ५ सय ६४ जनाको ज्यान गएको बताएको छ । त्यहाँ करिव २ हजार घाइते भएका छन ।

हिजबुल्लाहले पनि इजरायलमा हमला गरिरहेको छ । तर त्यो प्रभावकारी देखिएको छैन । हिजबुल्लाह प्यालेस्टिनी लडाकु समूह हमासको समर्थक हो । यसले हमासलाई गाजा क्षेत्रमा भइरहेको युद्धमा सघाइरहेको छ ।

इजरायलले लेबनानमा गरेको आक्रमण र क्षति सन् १९९० मा सकिएको गृहयुद्धपछिको सबैभन्दा ठूलो रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबिच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ । पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको इजरायल विरुद्ध हिजबुल्लाह एक्लै खडा हुन नसक्ने बताउनु भएको हो ।

यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा नपुर्याउने उहाँको भनाई छ ।

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायल विरुद्ध “तत्काल कारबाही गर्न“ आह्वान गरेको छ ।

बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घ र मध्यपूर्वी देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com