अमेरिकामा चीन र रुसको प्रविधि प्रयोग गरेर बनाइएका सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी


प्रकाशित मिति : आश्विन ७, २०८१ सोमबार

अमेरिकाले चिनियाँ र रूसी प्रविधि प्रयोग गरी निर्माण गरिएका सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै संयुक्त राज्य अमेरिकाले चीनमा निर्मित हार्डवेयर र सफ्टवेयरलाई आफ्ना सवारी साधनमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको बताएको छ ।

अमेरिकी संभावित निर्णय प्रति चीनले आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न अमेरिकालाई चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत मे महिनामा वासिङ्टनले विद्युतीय सवारी साधन र सेमीकन्डक्टरजस्ता चिनियाँ आयातमा चर्को कर वृद्धि गरेको थियो ।

ह्वाइट हाउसका अनुसार विद्युतीय सवारी साधन, ब्याट्री, महत्वपूर्ण खनिज पदार्थ र चिकित्सा उत्पादनजस्ता रणनीतिक क्षेत्रलाई लक्षित गरी १८ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा कर वृद्धि भएको छ ।

विद्युतीय सवारी साधनमा यस वर्ष चार गुणाले बढेर १०० प्रतिशत र सेमीकन्डक्टरको शुल्क आगामी वर्ष २५ प्रतिशतबाट बढेर ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा यसै महिना यी योजनालाई अन्तिम रूप दिइएको थियो । जहाँ डेमोक्र्याट र रिपब्लिकन दुवैले चीनविरुद्ध कडा अडान देखाउन खोजिरहेका छन्।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा चीनबाट आयात हुने करिब ३०० अर्ब अमेरिकी डलरबराबरको सामानमा लगाइएको करको पुनरावलोकनपछि १८ अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरिएको हो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सोलार ब्याट्रीलगायत अन्य कर वृद्धिका साथै सेमीकन्डक्टरमा ५० प्रतिशत कर वृद्धि सन् २०२५ देखि सुरु हुने पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेइजिङले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ‘ठगी’ गरेको आरोप लगाउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com