दक्षिण अफ्रिकामा १० हजार बर्ष पुरानो मानव डिएनए पत्ता लाग्यो


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

अनुसन्धानकर्ताहरूले दक्षिण अफ्रिकामा करिब १० हजार वर्ष पहिलेका दुई व्यक्तिको हालसम्मकै पुरानो मानव जिनोम पुनर्निर्माण गरेका छन् ।

यसले यस क्षेत्रको जनसङ्ख्या कसरी बसोबास गरेको थियो भन्नेबारे राम्रोसँग बुझ्न सकिएको अध्ययनका एक लेखकले बताएका छन ।

केपटाउनबाट करिब ३ सय ७० किलोमिटर पूर्वमा रहेको दक्षिणी तटीय सहर जर्ज नजिकै एक चट्टानको आश्रयस्थलमा भेटिएका एक पुरुष र एक महिलाको अवशेषबाट आनुवंशिक अनुक्रमहरू प्राप्त गरिएको केपटाउन विश्वविद्यालय (युसिटी) का जैविक मानवशास्त्र प्राध्यापक भिक्टोरिया गिब्बनले जानकारी दिनुभयो ।

ती १३ अनुक्रमहरू ओकहर्स्ट आश्रयमा फेला परेका र एक हजार तीन सयदेखि १० हजार वर्ष पहिले बाँचेका मानिसहरूबाट पुनर्निर्माण गरिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी खोजभन्दा पहिला यस क्षेत्रबाट पुनर्निर्माण गरिएको सबैभन्दा पुरानो जिनोमहरू करिब दुई हजार वर्ष पुराना थिए ।

युसिटीले जारी गरेको विज्ञप्तिअनुसार ओकहर्स्ट अध्ययनबाट सबैभन्दा आश्चर्यजनक खोज के थियो भने सबैभन्दा पुराना जिनोमहरू आजभोलि उही क्षेत्रमा बस्ने सान र खोएखोए समूहहरूसँग आनुवांशिक रूपमा समान थिए ।

युरोपबाट यस्तै अध्ययनहरूले पछिल्लो १० हजार वर्षमा मानव आवागमनका कारण ठूलो मात्रामा आनुवंशिक परिवर्तनको इतिहास पत्ता लगाएका छन् अध्ययनमा सहभागी जर्मनीको लाइपजिगस्थित म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोल्युसनरी एन्थ्रोपोलोजीका जोस्चा ग्रेट्जिङ्गरले भन्नुभयो ।

युरोप र एसियामा हजारौँ मानिसको जिनोम पुनर्निर्माण गरिएको भए पनि दक्षिणी अफ्रिकाबाट विशेषगरी बोत्स्वाना, दक्षिण अफ्रिका र जाम्बियाबाट दुई दर्जनभन्दा कम पुराना जिनोमहरू प्राप्त भएका छन् ।

दक्षिण अफ्रिकामा यस्ता स्थलहरू दुर्लभ छन् । ओकहर्स्टले करिब ९ हजार वर्षको अवधिमा परिदृश्यभर स्थानीय जनसङ्ख्या गतिविधि र सम्बन्धहरूको राम्रो बुझाइ प्रदान गरेको छ गिब्बनले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com