सबै फ्लोरिडावासी घर छोड्न तयार रहन गभर्नरको आग्रह


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

मियामी (फ्लोरिडा), २२ भदौ । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा इर्माको व्यापक प्रभाव पर्नसक्ने चेतावनी यहाँका गभर्नरले नागरिकलाई बताएका छन् ।

फ्लोरिडाका गभर्नर रिक स्कटले शुक्रबार राज्यका सम्पूर्ण दुई करोड जनतालाई आँधीबारे सचेत बनाउँदै भन्नुभयो, “इर्मा नामक प्रचण्ड आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्नसक्ने देखिएकोले घरहरू खाली गर्न तयार बन्नुहोस ।”

उहाँले थप्नुभयो, “ घर तथा वस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ । यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईँको घर बनाइदिन सक्छौँ तर तपाईँको पुनर्जीवन दिन सक्दैनौ । त्यसैले सबै फ्लोरिडाबासी घर खाली गर्न छिट्टै तयार बन्नुस ।”

फ्रान्सको क्यारेवियन सामुद्रिक क्षेत्रबाट शुरु भएको आँधीका कारण फ्रान्स लगायतका क्षेत्रमा कैयौँ मानिसको मृत्यु भएको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com