युक्रेनमा रुसको घातक हमला , ५१ जनाको मृत्यु , २ सय बढी घाइते


प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ५१ जनाको मृत्यु भएको छ । २ सय १९ जना घाइते भएका छन् ।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताउनुभयो ।

अधिकारीहरूले आक्रमण पोल्टावा सहरमा भएको बताए । पोल्टावा किएभबाट करिब ३ सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ ।

रुसको सीमा नजिकै रहेको यो सहर किएभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको देखिन्छ ।

धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए ।

युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गर्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाको भ्रमण गरेकै दिन उक्त आक्रमण भएको हो । कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय वारेन्टमा पुटिनलाई पक्राउ गर्ने मागलाई मङ्गोलियाले ध्यान दिने कुनै सङ्केत थिएन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पश्चिमी साझेदारहरूसँग सैन्य सहायताको तत्काल डेलिभरी सुनिश्चित गर्नका लागि आफ्नो अपिललाई दोहोर्याउनुभयो । यसअघि उहाँले अमेरिका र युरोपेली मुलुकहरूसँग सहयोगको आफ्नो वाचाहरू पूरा गर्न ढिलो भएको भन्दै आलोचना गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com