उरुग्वेका स्टार स्ट्राइकर सुआरेजद्धारा सन्यासको घोषणा


प्रकाशित मिति : भाद्र १७, २०८१ सोमबार

उरुग्वेका फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३७ वर्षको उमेरमा लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने बताएका छन ।

उरुग्वेका लागि सर्वाधिक गोलकर्ता रहेका उनले राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल समेत गरेका छन् । सुआरेजले सन् २००७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सुआरेजले शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ भनेका छन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

विश्वकप छनोटको खेलमा उरुग्वेले पाराग्वेसँग घरेलु मैदानमा खेल्नेछ ।

सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् ।

उनले सन् २०११ मा कोपा अमेरिकाको उपाधि समेत जितेका थिए । कोपा अमेरिका जित्नु आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण रहेको सुआरेज पत्रकार सम्मेलनमा बताए ।

लिओनल मेसीसँगै मेजर सकर लिग क्लब इन्टर मायमीमा सुआरेज खेल्छन् । उनले क्लब करियरलाई भने निरन्तरता दिने बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com