इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको इरानद्वारा प्रशंसा


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ । इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ ।

हिजबुल्लाह नेता हसन नसरल्लाहले आइतबार तेहरान समर्थित समूहले ‘गिलोट बेस–मुख्य इजरायली सैन्य गुप्तचर आधार’ लाई निशाना बनाउँदै इजरायलमाथि ठूलो मात्रामा आक्रमण गरेको बताउनुभएको थियो ।

इजरायली सेनाले प्रतिष्ठानमा कुनै प्रहार नभएको बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “इजरायली आतङ्कवादी सेनाले आफ्नो प्रभावकारी आक्रमण र निवारक शक्ति गुमाएको छ र अब उसले रणनीतिक आक्रमणहरू विरुद्ध आफ्नो रक्षा गर्नुपर्दछ ।”

कनानीले हिजबुल्लाहको आक्रमण ‘कब्जा गरिएका क्षेत्रहरूमा गहिराइसम्म फैलिएको’ र इजरायलको क्षतिका लागि ‘रणनीतिक सन्तुलनमा आधारभूत परिवर्तन’ भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले इजरायलका लागि ‘व्यापक’ समर्थन गरेकामा संयुक्त राज्य अमेरिकाको पनि आलोचना गर्नुभयो । अमेरिका हिजबुल्लाहको कार्यका लागि ‘समय र स्थानको भविष्यवाणी’ गर्न असफल भएको थियो ।

संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले आइतबार उक्त आक्रमणको तुलना हिजबुल्लाहसँग सन् २००६ को युद्धमा इजरायली सेनाको ‘हार’ सँग गर्नुभयो ।

इजरायलले आइतबार लेबनानमा हवाई आक्रमण गरेको भन्दै हिजबुल्लाहका ‘हजारौँ’ रकेट लन्चरलाई नष्ट गरेको र ठूलो आक्रमणलाई विफल बनाएको बताएको छ ।

तेहरानमा हमासका राजनीतिक प्रमुख इस्माइल हानिया र बेरुतमा हिजबुल्लाहका कमान्डर फआद शुक्रको हत्यापछि व्यापक क्षेत्रीय द्वन्द्वको त्रास बढेको छ ।

इरान र उसको सहयोगी हमास तथा हिजबुल्लाहले दुवै हत्यामा इजरायलको हात रहेको आरोप लगाएका छन् र बदला लिने वाचा गरेका छन् ।

इजरायलले हानियाको हत्याप्रति कुनै टिप्पणी गरेको छैन तर शुक्रमाथि आक्रमण गरेको पुष्टि गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com