फजूल खर्च रोक्न चीनमा ५ हजार जोडीले सामुहिक विवाह गर्दै


प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार

चीनमा फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामुहिक विवाह कार्यक्रम आयोजना गरिने भएको छ ।

अल चाइन विमिन फेडेरेसनले हङकङ, मकाउ र ताइवानका कुल ५ हजार दम्पतीले उक्त सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाएको छ ।

फेडेरेसनलगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह समारोहको उद्देश्य सरल विवाहलाई बढावा दिई असाधारण विवाहको चलनलाई निरुत्साहित गर्नु हो ।

कार्यक्रम बेइजिङमा हुने तथा भिडियोमार्फत देशभरि एकैसाथ समारोह आयोजना गरिने स्रोतले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामूहिक विवाहमा भाग लिन इच्छुक जोडीले महासङ्घको आधिकारिक विच्याटमार्फत विवाह प्रमाणपत्रका साथ आवेदन दिन सक्नेछन् ।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चीनमा सन् २०२३ मा करिव ७६ लाख विवाह दर्ता भएका छन् ।

हाल चीनले विवाह दर्ता प्रक्रियालाई सरल बनाएको घोषणा गर्दै दम्पतीहरूले अब विवाहको लागि दर्ता गर्दा दर्ता पुस्तिका प्रस्तुत गर्न आवश्यक नपर्ने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com