भर्निनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेको घरमा प्रहरीबाट खानतलासी


प्रकाशित मिति : भाद्र ५, २०८१ बुधबार

बेपत्ता नर्स ममता काफ्ले

भर्जिनियाको मनसास पार्क प्रहरीले जुलाई ३१ मा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घरभित्रै खानतलासी गरेको छ । ३७ वर्षीय श्रीमान् नरेश भट्ट (भट्ट) र १ बर्षकी छोरीका साथ ममता काफले बस्दै आएको घारमा प्रहरीले बुधबार बेलुकी ५ बजेतिर खानतलासी सुरु गरेको हो ।

बेलुका ७ बजेसम्म घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टीका पुलिसका गाडीहरु घरबाहिर पार्क गरिएको थियो। आज साँझ घरबाहिर १० वटा भन्दा बढी प्रहरीका कारहरु राखिएको थियो । प्रहरीले अगस्त ५ देखि ममता काफ्लेको खोजी तीब्र पारिरहेको छ ।

खानतलासीपछि प्रहरीले पत्रकार सम्मेलन गरेर यो अनुसन्धान प्रहरीका लागि उच्च प्राथमिकतामा रहेको बताएको छ । अनुसन्धानका क्रममा १० वटा सर्च वारेन्टहरु पूरा गरिएको र सयौं अन्तरवार्ताहरु लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने कुनै जानकारी भएमा प्रदान गर्न समुदायसमक्ष समेत आग्रह गरेको छ । अनुसन्धान जारी रहेको, सकृय रहेको र आफूहरुले अनुसन्धानमा प्रगति गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । समुदाय र मिडियाका धेरै प्रश्नहरु भएतापनि घटनाको अनुसन्धान भइरहेकाले ती प्रश्नको जवाफ दिन अहिले नमिल्ने प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खानतलासी अझै केही घण्टा जारी रहने प्रहरीको भनाई छ । खानतलासीपछि कुनै जानकारी प्राप्त भएमा सार्वजनिक गर्ने प्रहरीको भनाई छ ।  खानतलासीपछि कुनै जानकारी प्राप्त भएमा सार्वजनिक गर्ने प्रहरीको भनाई छ । ममता काफलेका श्रीमान नरेश भट्ट (भट्ट) प्रहरी अनुसन्धानमा चासोको विषय भएको प्रहरीले जानकारी दिएको छ । भोलिसम्म खानतलासीपछिको विवरण सार्वजनिक गर्ने आफूहरुको उद्देश्य रहेको प्रहरीले बताएको छ । ममताका श्रीमानले अनुसन्धानमा समन्वय नगरिरहेको प्रहरीले बताएको छ ।

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गरेका थिए । तर श्रीमान नरेशले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् ।

अगस्ट ५ मा मात्र भट्टले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए । घटनाको अनुसन्धान गर्दा अधिकारीहरूले प्रारम्भमा ममता बेपत्ता व्यक्तिको लागि भर्जिनिया राज्य प्रहरीको मापदण्ड पूरा नगर्ने निर्धारण गरेका थिए ।

अधिकारीहरूले त्यसपछि मानक अपरेटिङ प्रक्रियाहरू अनुसरण गरेर ममतालाई भर्जिनिया राज्य पुलिसमा हराएको व्यक्तिका रूपमा प्रविष्ट गराएका थिए । जसले राज्यव्यापी हराएको व्यक्तिको सूची सञ्चालन गर्छ । त्यसपछि अधिकारीहरुले उनको बेपत्ताको अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

भर्जिनिया राज्य प्रहरीले ममताको खोजीमा मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीहरूलाई सूची वितरण गरेको थियो । ममताले पछिल्लो दिनमा आफ्नो परिवारका सदस्यहरु, साथीहरू, रोजगारदातालाई कममात्र सम्पर्क गरेको तथा सामाजिक सञ्जाल पोस्टिङहरू पनि कम गरेको प्रहरीले पत्ता लगाएको थियो ।

यो र अन्य परिस्थितिहरूलाई ध्यानमा राख्दै प्रहरीले उनको हराएको स्थितिलाई अनैच्छिक र गम्भीर रुपमा हराएको व्यक्तिका रुपमा निर्धारण गरेको र थप स्रोतहरू अनुसन्धानको लागि खर्च गरेको जनाएको छ । प्रहरीले बेपत्ता व्यक्ति फ्लायरलाई सार्वजनिक गरेको जनाउदै जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको, जुलाई २८ मा साथीसँग कुरा गरेको र जुलाई ३१ मा उनका श्रीमानले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ ।

उनीबारे कुनै जानकारी भएमा मनासस पार्क पुलिसको फोन नम्बर ७०३ ३६१ ११३६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । गोप्यरुपमा पनि ७०३ ३३० ०३३० मा सम्पर्क गरेर जानकारी गराउन सकिनेछ । अधिकारीहरुले घटनाको सक्रियताका साथ अनुसन्धान गरिरहेका र विभागले यस मामलामा जानकारी उपलब्ध हुने बित्तिकै अद्यावधिकहरू प्रदान गर्ने प्रहरीले जनाएको छ ।

हराइरहेकी २८ बर्षीया ममता काफ्लेको ५ फिट उचाई, १३२ पाउण्ड तौल, कालो कपाल र गाढा खैरो आँखा भएको प्रहरीले व्याख्या गरेको छ । काभ्रेकी काफ्ले अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत रहेको उनको सामाजिक सञ्जाल प्रोफाइलमा उल्लेख रहेको छ ।

उनले अन्तिमपटक जुलाई २८ मा सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएको छ । अमेरिकामा नेपाली समुदायका तर्फबाट ममता सकुशल फेला पर्ने अपेक्षा र कामना गर्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।

यसैबीच एक गैर नाफामुलक संस्थाले ममता काफ्लेको खोजीमा सहयोग पुर्‍याउने कुनै पनि गोप्य जानकारीहरुका लागि ५ हजार डलर पुरस्कारको घोषणा गरेको छ । कुनै जानकारी भएमा सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्नुहोस् वा गोप्य रूपमा सुझावहरू पेश गर्न क्युआर कोड प्रयोग गर्न सुझाव दिइएको छ । जानकारी जतिसुकै सानो भएतापनि ममता काफ्लेलाई फेला पार्न महत्त्वपूर्ण हुनसक्ने भन्दै यस्तो आग्रह गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com