‘विदेशको ड्राइभर लाइसेन्स हुनेले अन्तराष्ट्रिय परमिटविना नेपालमा गाडी चलाए लाइसेन्स नभएसरह कारवाही’


प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार

नेपालको यातायात व्यवस्था विभागले विदेशको ड्राइभर लाइसेन्सलाई नेपाली ड्राइभर लाइसेन्समा रुपान्तरण गर्न रोकेको केहीबर्ष भइसकेको छ । अर्थात् विदेशको ड्राइभर लाइसेन्स हुनेहरुले पनि नेपालको ड्राइभर लाइसेन्स लिनका लागि नियमित प्रकृयाबाटै अगाडि बढ्नुपर्ने अवस्था छ । विगतमा विदेशमा ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउनु परेमा नेपालकै ड्राइभिङ लाइसेन्स लिनुपर्ने प्रावधान रहेपनि त्यसका लागि लिखित र प्रयोगात्मक परीक्षाहरू छुट दिइएको थियो । तर अहिले विदेशको ड्राइभिङ लाइसेन्स हुनेले नेपालमा गाडी चलाउँदा नियमित प्रकृयाबाटै नेपालको ड्राइभर लाइसेन्स नलिइकन गाडी चलाएमा त्यस्तो व्यक्तिलाई ड्राइभर लाइसेन्सविना गाडी चलाएको व्यक्ति सरह कारवाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठको भनाई छ । तर विदेशको ड्राइभर लाइसेन्स हुनेले नेपालसहित विश्वका विभिन्न देशमा गाडी चलाउन अन्तराष्ट्रिय ड्राइभिङ परमिट भने निकाल्न सक्छन् । अर्थात् अन्तराष्ट्रिय ड्राइभिङ परमिट हुनेहरुले भने नेपालको ड्राइभर लाइसेन्स नलिइकन पनि नेपालमा गाडी चलाउन पाउँछन् । तर त्यसो गर्दा विदेशको लाइसेन्सपनि साथमा राख्नुपर्छ । यसबारेमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसँग खसोखासले गरेको कुराकानी ।

नेपालले अन्तराष्ट्रिय ड्राइभिङ परमिट प्रयोगमा ल्याएको छ ? कुन कुन देशको ड्राइभर लाइसेन्स भएकोले नेपालमा चलाउन पाउँछ ? के छ व्यवस्था ? कस्तो छ प्रावधान ?

खासगरी विदेशको ड्राइभर लाइसेन्स छ भने त्यो चाहीँ हाम्रो यातायात कार्यालयमा गएर सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्छ । त्यहाँबाट सम्बन्धित चालकले लाइसेन्स प्राप्त गर्न सक्छ । तर, अहिले हाललाई यो कानुनमा उल्लेख भएपनि व्यवहारमा रोकिएको अवस्था छ । अन्तराष्ट्रिय ड्राइभिङ परमिटको हकमा चाहीँ उक्त परमिटमा कुन कुन सवारी चलाउन पाइने भनेर उल्लेख छ, त्यो चाहीँ यहाँ चलाउन पाइन्छ ।

नेपालमा विदेशको ड्राइभर लाइसेन्स भएकाले नेपालको ड्राइभर लाइसेन्स वा अन्तराष्ट्रिय ड्राइभिङ परमिट नलिईकन गाडी चलाए भने कस्तो खालको कारबाही हुन्छ ? अन्तराष्ट्रिय ड्राइभिङ परमिट लिएर आउँदा पनि सामान्य केही दुर्घटनाहरु भयो भने उनीहरुको हकमा कस्तो खालको कारबाही हुन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तराष्ट्रिय ड्राइभिङ परमिट नभएकोले चलाउन पाउदैन । यसको अर्थ उसलाई लाइसेन्स नभएको सरह कारबाही हुन्छ । दुर्घटना भयो भने दुर्घटनाको किसिम अनुशार कारवाही हुन्छ । ठोक्किएको मात्रै हो कि, व्यक्ति घाइते भएको छ कि भन्ने विषयहरु विचार गरिन्छ । साथै उपचार खर्चदेखि लिएर कसको गल्ती भएको छ, गल्ती हेरेर सवारीसाधनले क्षतिपूर्ती दिनुपर्नेसम्म हुन्छ । दुर्घटनाबाट मान्छेको नै मृत्यु भयो या अंगभंग भयो भने सवारी ज्यान अन्तर्गत मुद्धा चल्छ । सवारी ज्यान अन्तर्गत मुद्धा चल्दा पनि तीन वटा कुरा हुन्छ । एउटा, जानीजानी गरेमा (नियतबस राखेर) । दोस्रो, लापरबाही गरेमा । तेस्रो, रोकिने सक्ने कन्डिशन नभएर अकस्मात भएको भन्ने कन्डिशनमा । यी तीनवटै अवस्थामा फरक फरक सवारी ज्यानको मुद्धा लाग्छ । अंगभंगको हकमा उसको अंगभंगको मुद्धा चल्छ । उसको क्षतिपूर्ती, उपचार खर्च दिनुपर्ने साथै अन्य जनधनको क्षति भएको छ भने त्यसको पनि क्षतिपूर्ती वा मर्मत गर्नुपर्ने अवस्था हुन्छ ।

अन्तराष्ट्रिय ड्राइभिङ परमिट लिएकाहरुको हकमा दुर्घटना भयो भने कस्तो कारबाही हुन्छ ?

एउटै हो कुरा । परमिटको हकमा पनि दुर्घटना गर्न पाइदैँन् । नियम उल्लङघन गर्न पाइदैँन । मान्छे मार्न पाइदैँन । त्यो गर्यो भने ती नियमहरु नै लागुहुन्छ ।

कानुनी प्रक्रिया अन्तराष्ट्रिय अनुसार हुन्छ कि नेपाली अनुसार हुन्छ ? कस्तो हकमा उनीहरुको परमिट नै खारेज हुने अवस्था हुन्छ ? 

नेपालमा रहेपछि सम्पूर्ण कारवाही नेपालको कानून अनुसार नै रहन्छ । परमिट नै खारेज हुने अवस्था हाम्रोमा छैन । तर नेपालको ड्राइभिङ लाइसेन्स वा अन्तराष्ट्रिय ड्राइभिङ परमिट भएपछिमात्र गाडी चलाउन पाइन्छ । त्यसमा पनि जुन पायो त्यहीँ, जहाँ पायो त्यही चलाउन पाइदैँन । अन्तराष्ट्रिय ड्राइभिङ परमिटमा देशहरु पनि उल्लेख गरिएको हुन्छ । कुन कुन सवारी चलाउने भनेर पनि त्यहाँ उल्लेख गरिएको हुन्छ । ती ती देशमा जुन जुन उल्लेख गरिएको छ, त्यही सवारी चलाउन पाउने हो । अरु चलाउन पाउदैन । उसले हाम्रो देशमा भएको सवारी नियम पालना गर्नुपर्छ । सवारी नियम पालना गर्दा  क्षतिपूर्तीदेखि मान्छे मार्यो भने नियममा जे उल्लेख छ सवारी ज्यान सम्बन्धि त्यो अनुसारको कारबाही हुन्छ ।

कुन कुन देशमा अन्तराष्ट्रिय ड्राइभिङ्ग परमिटलाई मान्यता दिइन्छ भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com