टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्या


प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार

टेक्सासको ग्यास स्टेशनमा कार्यरत नेपाली ३० बर्षका दिपक ओलीको गोलीहानी हत्या भएको छ । म्याक्लेनन काउन्टीको प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

आइतबार विहान एल्म मोटको आई ३५ र रस रोड नर्थमा रहेको गेटोर स्टप ३ मा उक्त घटना भएको हो । ओलीले स्टोरमा क्यासियरका रुपमा काम गर्दै आएका थिए ।

पश्चिम रुकुमको वाफिकोटका ओली गतबर्षमात्र अमेरिका आएको जनाइएको छ । उनकी ५ बर्षकी छोरी र पत्नी नेपालमा नै रहेको हिमालयखबमा प्रकाशित समाचारमा जनाइएको छ ।

मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको अधिकारीहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले घटनास्थलमा काम गरिरहेको र अनुगमन गरिरहेको अधिकारीहरुको भनाई छ ।

म्याक्लेनन काउन्टी प्रहरीको कार्यालयले घटनाको बारेमा जानकारी भएका जो कोहीलाई प्रहरीसमक्ष जानकारी दिन अनुरोध गरेको छ ।

अमेरिकाका ग्यास स्टेशनहरुमा लुटेराहरुको आक्रमणमा ज्यान गुमाउने र घाइते हुने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ । प्राय यस्ता घटनाहरु रातीको समयमा हुने गरेका छन् ।

गतबर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या भएको थियो । लामिछानेलाई हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो ।

गतबर्ष नै टेक्सासको युलेसमा बस्दै आएका नेपाली युवा दिपेन्द्र जोशी ग्यास स्टेशनमा काम गरेर फर्कदा गोली लागी घाइते भएका थिए । त्यस्तै गतबर्ष नै टेक्सासको अष्टिनमा ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार गर्दा उनी सख्त घाइते भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोटो:  हिमालयखबर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com