१५ शय्याको अस्पताल भवन एक वर्षदेखि अलपत्र


प्रकाशित मिति : श्रावण ९, २०८१ बुधबार

गुल्मी दरबार गाउँपालिकास्थित पन्ध्र शय्याको अस्पताल भवन अलपत्र परेको छ ।

तोकिएको मितिमा निर्माण सम्पन्न गरिए पनि भुक्तानी समस्याले गाउँपालिकाको अस्पताल भवन एक वर्षदेखि अलपत्र परेको हो ।

निर्माण व्यवसायीलाई भवन निर्माण गरेको बाँकी रकम भुक्तानी गर्न आवश्यक बजेट नआएका कारण भवनको स्वामित्व हस्तान्तरणसमेत हुनसकेको छैन ।

जिल्लाका कतिपय पालिकामा निर्माण व्यवसायीले समयमा काम नगर्दा भवन निर्माण हुननसकेको अवस्थामा यहाँ समयमै निर्माण हुँदासमेत भवन प्रयोगविहीन छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिकोई अर्जुन न्यूलिजा जेबीद्वारा १२ करोड ९४ लाख ५६ हजार लागतमा गत वर्ष तोकिएको अवधि मै भवन निर्माणको काम सम्पन्न भएको अर्जुन बिल्र्डस एण्ड कन्र्टक्सनका सञ्चालक विजय खनालले बताउनुभयो ।

उहाँले गाउँपालिकाले सबै रकम भुक्तानी नदिए पनि भवन सम्पन्न भइसकेकाले स्वामित्व हस्तान्तरण गर्न चाहे पनि पालिकाले नमानेको बताउनुभयो ।

गुल्मीदरबार गाउँपालिका–३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन एकवर्ष अघि नै निर्माण सम्पन्न भएको हो । निर्माण व्यवसायीले रु एक करोड २० लाखभन्दा बढी रकम अझै भुक्तानी पाउन बाँकी छ ।

गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले रकम निकासाका लागि मन्त्रालयमा पटकपटक पत्राचार र कुरा गरिए पनि ढिलाइ भएको जानकारी दिनुभयो ।

उहाँले रकम भुक्तानी गर्न बाँकी भएकाले आफूहरूले स्वामित्व नलिए पनि अब भने चाँडै प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

जिल्लाका अन्य स्थानीय तहमा १५ शय्याका अस्पताल भवन निर्माण भइरहेका छन् । निर्माणाधीन अवस्थामा रहेका ती भवनको काम भने सुस्त गतिमा अघि बढिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com