‘बाढी पीडितलाई १० करोड रुपैयाँ आवश्यक’


प्रकाशित मिति : भाद्र २१, २०७४ बुधबार

बाढी र डुबान प्रभावित क्षेत्रमा पीडितको अवस्था दयनीय रहेका र त्याहाँ रोग-व्याध फैलिने क्रम नरोकिएका खबरमाझ रेड क्रसले तराई भेगका ८० हजार पीडितका लागि आर्थिक सहयोग जुटाउन मद्दत गर्न अन्तर्राष्ट्रिय अपील गरेको हो।

यसअघि उसले आवश्यक ठानेको ३५ करोड रुपियाँको ७० प्रतिशतभन्दा बढी रकम विभिन्न अन्तर्राष्ट्रिय दाताबाट प्राप्त भइसकेको जनाएको छ।

रेडक्रसका अन्तर्राष्ट्रिय महासंघले नेपाल, भारत र बांग्लादेशमा आएको बाढीका कारण पीडितहरुको अवस्था रोगहरुको महामारी, तथा सहयोग रकमको कमीले गर्दा थप जटिल बनेको जनाएको छ।

बाढी पीडित क्षेत्रमा द्रुत स्तरको क्षति मूल्यांकन सम्पन्न गरेको नेपाल रेडक्रस सोसाइटीका अनुसार बाढी प्रभावित १५ लाख मध्ये मध्य तराई र पश्चिम तराईका ८० हजार भन्दा बढी मानिस अझै नाजुक अवस्थामा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘खोइ सरकारी राहत?’

योजना

उनीहरुलाई आवास र स्वास्थ्य जस्ता तत्काल आवश्यक पर्ने सहयोग पुर्‍याउनुका साथै मुख्यगरी आम्दानीको स्रोत गुमाइसकेकाहरुका निम्ति दिर्घकालीन रुपमा सघाउने लक्ष्य राखिएको नेपाल रेडक्रस सोसाइटीले जनाएकोछ।

उक्त सोसाइटीका संचार विभाग प्रमुख दिव्यराज पौडेल भन्छन्, “पीडितहरुलाई बस्नका लागि ब्यवस्थित घर बनाउनका लागि र उनीहरुको जीविकोपार्जनका लागि तालिम हुनसक्छ, नगद सहयोग हुनसक्छ, त्यसको प्रारुपबारे निर्णय गरौंला। तर त्यस्तो खाले सहयोग जरुरी छ। ”

तर पर्याप्त रकमको जोहो हुन नसक्दा उद्धार अभियानमा असर पर्न सक्ने उनको चिन्ता छ।

शुरुमा आवश्यक ठानिएकोमध्ये धेरै रकम जुटिसकेको भएपनि अझै आवश्यक रहेको १० करोड रुपैयाँ जति जुट्न सके स्थानीय तहका संघसंस्थासंग मिलेर आफ्नो अभियान अघि बढाउने पौडेल बताउछन्।

उनले भने, “स्थानीय निकायकै क्षमता अभिवृद्धि हुने र उनीहरु मार्फत नै सहयोग अगाडि वढाउने हाम्रो योजना छ। यसले उक्त क्षेत्रमा रहेका रेडक्रस-कर्मीलाई पनि सहज हुनेछ।”

क्षति

बांग्लादेश, दक्षिण नेपाल तथा उत्तर भारतमा गत महिना आएको बाढीमा परी ४ करोड १० लाख मानिस प्रभावित हुन पुगेको रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसीले जनाएको छ।

दक्षिण एसियामा वर्षेनी वाढीबाट थुप्रै धनजनको क्षति हुने गरेकोमा यसपालीको क्षतिको अवस्था निकै धेरै रहेको बताइएको छ।

पीडितहरुलाई खानेकुराको अभाव, पानीजन्य रोगको प्रकोपका साथै दिर्घकालमा अन्नबालीमा पुगेको क्षति र अब निम्तिने बेरोजगारीको समस्याले गाँज्ने भन्दै रेडक्रसका अधिकारीहरु चिन्ता व्यक्त गर्छन्।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com