ओहायोको घरमा मृत भेटिएका नेपाली भाषी दम्पत्तिको शनिबार दाहसंस्कार, घरेलु हिंशाको आशंकामा अनुसन्धान


प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार

अमेरिकाको ओहायोको रेनोल्ड्सबर्गमा नेपाली भाषी दम्पत्तिहरु घरमै मृत अवस्थामा भेटिएपछि प्रहरीले घरेलु हिंशाको आशंकामा अनुसन्धान अगाडि बढाएको छ । हत्यापछि आत्महत्याका रुपमा बयान गरिएको यो घटनामा के कारणले मृत्यु भयो भन्नेबारे प्रहरीले सार्वजनिक रूपमा अझै खुलाएको छैन ।

रोबिन्स लुप ड्राइभको ८६०० ब्लकमा रहेको घरमा ५० वर्षीय सदा धिमाल र ४० वर्षीय टिका धिमाल बुधबार विहान मृत फेला परेका थिए । दम्पतीको घरको आँगनमा सदा धिमालले आत्महत्या गरेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । उनलाई वेस्ट लिकिङ फायर डिपार्टमेन्टका मेडिक्सहरुले बिहान ८ बजेर ४३ मिनेटमा मृत घोषणा गरेका थिए।

प्रहरीले घरमा खोजी गर्दा माथिल्लो तलाको शयनकक्षमा टिका धिमालको शव फेला पारेका थिए । उनको टाउकोमा चोट लागेको थियो । अनुसन्धानकर्ताहरूले घटनास्थलबाट रगतले लतपतिएको एउटा ठूलो चक्कु र स्कार्फ बरामद गरेका थिए । प्रहरीले सदा धिमालका दुईवटा गाडीमा पनि तलासी गरेको जनाईएको छ ।

प्रहरीले बिहीबार दम्पतीको नाम पुष्टि गरेको मृत्युको आधिकारिक कारणमा उनीहरूको शव परीक्षण पूरा नभएसम्म सार्वजनिक नहुने भएको छ । उनीहरुको अन्त्येष्टी शनिबार रेनोल्ड्सबर्गमा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरमा १६, १४ र ८ वर्षका तीन छोराछोरीहरु पनि थिए । उनीहरु भने सुरक्षित अवस्थामा नै फेला परेका थिए । बच्चाहरूलाई आश्रयका लागि लिकिङ काउन्टी चिल्ड्रेन सर्भिसलाई सम्पर्क गरिएको थियो।

पछिल्लो समयमा ओहायोको नेपाली भाषी समुदायमा हत्या र आत्महत्याका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेल रिमालको हत्याको अभियोगमा ग्रान्ड जूरीले दोषी ठहर गरेका नेपाली भाषी जेम्स रिमालले जेलमै आत्महत्या गरेको बताइएको थियो ।

गत महिना नै ओहायोको समिट काउन्टीमा बस्दै आएका उद्धव कुमार विश्वले आफैले आफैलाई गोली हानेका थिए । लगत्तै उनलाई मृत घोषणा गरिएको थियो । उनी एक्रोनको योर्क स्ट्रीटमा बस्दै आएका थिए । घरको बेसमेन्टमा उनले आफैलाई गोली हानेका थिए । ३९ बर्षीय उद्धव कुमार भुटानी शरणार्थीका रुपमा अमेरिका आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com