राष्ट्रपतिको चुनावी दौडबाट फिर्ता हुन बाइडेनमाथी दवाव बढ्दै , कोभिड संक्रमणपछि चुनावी अभियान प्रभावित


प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार

US President Joe Biden (L) attends a quad meeting with with Australia’s Prime Minister Anthony Albanese, Japan’s Prime Minister Fumio Kishida, and India’s Prime Minister Narendra Modi on the sidelines of the G7 Leaders’ Summit in Hiroshima on May 20, 2023. (Photo by Kenny HOLSTON / POOL / AFP)

अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेदवारीलाई लिएर उत्पन्न भइरहेका नयाँनयाँ प्रश्नहरुको जवाफ दिइरहनु पर्ने अबस्था सृजना भएको छ ।

हाल उहाँको कोभिड रिपोर्ट पोजेटिभ आएकाले चुनावी अभियान स्थगित गरिएको छ । यो नोभेम्बरमा हुने चुनावअघि आएको उहाँ संग सम्वन्धित अर्को स्वास्थ्य सम्वन्धी प्रश्न हो ।

अमेरिकी कांग्रेसका शीर्ष डेमोक्र्याटहरू चक शुमर र हकिम जेफ्रीसले बाइडेनलाई भेटगरेपछि स्वास्थ्य सम्वन्धि थप चिन्ता बाहिर आएको हो ।

सीएनएनका अनुसार पूर्व सभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले नोभेम्बरको चुनावमा डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने बताइसक्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना डोनाल्ड ट्रम्पको बिरूद्ध कमजोर बहसपछि शीर्ष प्रजातान्त्रिक नेतृत्व बीच बढ्दो असन्तुष्टिको कारण राष्ट्रपतिको रूपमा पुनः निर्वाचित हुने बाइडेनको चाहना खतरामा पर्ने अबस्था बढ्दै गएको हो ।

बाइडेनका प्रेस सेक्रेटरीले ८१ वर्षीय बाइडेनको कोभिड रिपोर्ट पोजेटिभ आएको तर उहाँको संक्रमण गम्भीर नभएको जानकारी दिएका छन ।

बाइडेन डेलावेयरमा आफ्नो घरमा एक्लै बस्नुहुनेछ र आफ्नो दैनिक कार्यहरुलाई निरन्तरता दिइरहनु हुनेछ प्रेस सेक्रेटरीले भनेका छन ।

ह्वाइट हाउसले राष्ट्रपतिलाई भ्याक्सिन र यसको बूस्टर दुवै दिइएको बताउदै उहाँ यसअघि दुई पटक कोभिड पोजिटिभ भेटिएको स्मरण गराएको छ ।

बुधबार, बाइडेन लस भेगासमा आफ्ना समर्थकहरू संग हुनुहुन्थ्यो । तर पछि स्वास्थ्य समस्याकै कारण उहाँले नागरिक अधिकार संगठनमा आफ्नो भाषण रद्द गर्नुप¥यो ।

ट्रम्पमाथि घातक हमलापछि पनि बाइडेनको चुनावी अभियान रोकिएको थियो । अहिले भने कोभिडले चुनावी अभियानलाई थप प्रभावित बनाएको छ ।

राष्ट्रपति बाइडेन लस भेगासमा हिस्पानिक मतदाताहरूबीच आफ्नो समर्थन बढाउने र पुर्नताजगी गर्ने प्रयासमा रहनु भएको थियो । हिस्पानिक मतदाताहरूले उहाँलाई २०२० मा कम भोट दिएका थिए ।

बिबिसी हिन्दीका अनुसार पछिल्ला दिनहरूमा, बाइडेनलाई चुनावी दौडबाट फिर्ता लिन दबाब बढ्दै गएको छ । यदि बाइडेन उम्मेदवार रह्यो भने, यसले कांग्रेसको कुनै पनि चेम्बरलाई नियन्त्रण गर्ने पार्टीको सम्भावनालाई नोक्सान पु¥याउने कतिपय डेमोक्रायट्सको चिन्ता र चासो देखिएको छ ।

न्यान्सी पेलोसीले हालैको कुराकानीमा राष्ट्रपति बाइडेनलाई आफ्नो उम्मेदवारीले डेमोक्र्याटिक पार्टीलाई सदनमा चुनाव जित्न गाह्रो बनाउने बताइसक्नु भएको छ ।

तर यसलाई बाइडेनले स्विकार गर्नुभएको छैन । हालका दिनहरूमा, करिब दुई दर्जन प्रजातान्त्रिक राजनीतिज्ञहरूले सार्वजनिक रूपमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउन आह्वान गरेका छन् । यसमा क्यालिफोर्नियाका कांग्रेस सदस्य एडम शिफ पनि सामेल हुनुहुन्छ ।

उहाँले भन्नुभएको छ , बाइडेनले दौडबाट पछि हटेर अर्को डेमोक्रेटलाई मौका दिएर आफ्नो विरासत बचाउन सक्नुहुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com